कुबेत नेपालडटकम/ जनवरी १४ कुवेत। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले आगामी २४ जनवारी २०२० शुक्रबारको दिन कुबेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा आफनो वार्षिक उत्सव तथा पबित्र सेवा समाज को लागी सहयोगार्थ च्यारिटी शो तथा संस्कृतिक कार्यक्रमकाे वृहत तयारी भएको समाजकी उपअध्यक्ष उमा घिमिरे ले कुबेत नेपालडटक लाई जानकारी दिएको छ।
(इनास) कुवेतले स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै कुवेत नगरीमा रहेर गतसाल हरुमा गायन प्रतियोगिता, Dancing star .singing starअतिथी कलाकार खुमन अधिकारी को साथमा वृहत संस्कृतिक कार्यक्रम गरेको त कुबेत बासी सम्पूर्ण नेपालीहरु लाई थाहा भएको कुरा नै हो यास पाली कार्यक्रम भने फरक किसिम को रहेको छ।
पबित्र सेवा समाज को लागी सहयोगार्थ च्यारिटी शो तथा संस्कृतिक कार्यक्रमको लागि नेपाल बाट अतिथि कलाकार बहुचर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगरको साथमा स्थानीय चर्चित कलाकार हरुको धमाकेदार प्रस्तुती रहने भएको छ।भने यस कार्यक्रमलाई भब्यरुप मा सफाल पर्नको लागि Tvs Cargo Nepal कुवेतले प्रायोजन गरेको छ।
समाज ले बिगतका दिनहरुमा जस्तै यस पकटको कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहने बताउदै कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी,बुद्धिजिवि,समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागि अध्यक्ष डोल राज न्यौपानेले आग्रह गरेका छन।
कार्यक्रमको विवरण:-
स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : २४ जनवारी २०२० शुक्रबार
समया :बिहान ११ बजेदेखी
कार्यक्रम : वार्षिक उत्सव तथा अतिथि कलाकारको साथमा सांगीतिक धमका
आयोजक :अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेत
थपजानकारी को लागि:माथी ब्यानरमा भएको फोन नम्बरमा सपर्क गर्नु सक्नु हुनेछ।