सुरेश गुरुङ/कुबेत
जनवरी ११ कुबेत- प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ भन्ने मुल नाराका साथ कुवेतमा सक्रिय संस्था तमु समाज कुवेतले आफ्नो महान एवं मौलिक,साँस्कृतिक राष्ट्रिय चाड तमू ल्होसार (तमू फो-ल्हो (मृग वर्ग) लाई बिदाइ गर्दै आगमन तमू च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै)शुक्रबार दिन कुवेत स्थित हिजुल कबड एरियाको सुन्दर खुल्ला एरियामा एकदमै रमियाण ठाँउमा बिविध खेलकुद, मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको साथमा भव्य रुपमा सम्पन्न गरेको छ।
शुक्रबार सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष राजु गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रम मा नेपाली राजदुतावास कुवेतका राजदूत दुर्गाप्रसाद भण्डारी प्रमुख रहेका थिए भने अतिथिहरुमा कुवेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि,पत्रकार,बुद्धिजीवी,खेलाडी,कलाकार, ब्यबसायी, समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो। कार्यक्रम लाई समाजका उपाध्यक्ष यम तमू र रन्जना तमुस्योले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए।
सभापति,प्रमुख अतिथी र आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन साथै समाजले आफनो दसौ वार्षिकोत्सव पनि केक काटेर कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान र तमू राष्ट्रिय गित बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो। समाजका सल्लाहकार खोप गुरुङ्ले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए । समाजका बरिष्ट सल्लाहकार अमर गुरुङ,द्वारा पूजा पाठ अनी धार्मिक परम्परा अनुसार मृग बर्ग र मुसा बर्गका महिला पुरुषहरुलाई शुख शान्तिको कामना गर्दै स्याई स्याई गरी क्रमश ब्यक्तिहरुलाई रिपा लगाई दिएको थियो।भने समाजका बरिष्ट सल्लाहकारहरु अमर गुरुङले तमू ल्होसारको ’boutमा प्रष्ट पारेका थिए।
राष्ट्रिय तमू ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान कार्यक्रमा प्रमुख अतिथि महामहिम राजदुत दुर्गाप्रसाद भण्डारीले तमू ल्हाेसारको शुभकामना दिदै आफ्नो रितिरिवाज,कला संस्कृति परम्परा जोगाउन लागि परेको र रक्तदान जस्तो पुन्य कार्य देखि सामाजिक कार्यमा अग्रसर तमु समाजलाई धन्यवाद दिदै नेपाल भ्रमण वर्ष २०२० नेपालको पर्यटकीय नेपाल र कुवेत बीच रही आएको मैत्रिपूर्ण सम्बन्ध लाई Visit Nepal Year 2020 जस्ता अभियानले पर्यटन क्षेत्र लाई विकसित तथा विस्तार गर्दै लैजाने साथै दुइ देश बीच जनस्तरको सम्बन्ध थप गतिशिल एवं सुदृढ हुने विश्वास ब्यक्त गर्नु भयो गर्नु भएका थिए। यसैगरी एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी,नेपाल तामाङ घेदुङ कुवैतका अध्यक्ष सुरेश ग्यबा तामाङ,किरात राई यायोक्खा,शखा कुबेतका अध्यक्ष मन्जित राई,माउन्ट एभरेष्ट स्पोर्टिंग क्लब, कुबेतका अध्यक्ष डम्बर रिमाल, नेवा:गूठी कुवेतका अध्यक्ष सुरज मस्के, तमू प्ये ल्हु संघ कुवेतकी अध्यक्ष उमा गुरुङ लगयतले ल्होसारको शुभकामना मन्तव्य दिएका थिए। तमु जातिको परम्परागत रूपमा खेल्दै आएको खेल मुख्य आकर्षणहरुको रूपमा छेलो हान्ने, म् महिला पुरुसको डोरी तान्ने बेलुन फुटाउने देखि लिएर साँस्कृतिक कार्यक्रम रहेको थियो।
कार्यक्रमको आकर्षक पक्ष खेलकुद छेलो फाल्नेमा खेलमा प्रथम विष्णु थापा मगर र दोस्रो रणबहादुर बिक भएको थियो। त्यस्तै डोरी तान्ने महिला प्रतियोगिता ३ टिमले भाग लिएको थियो तमु समाज कुबेत, किरात राई यायोक्खा,शखा कुबेत, तमू प्ये ल्हु संघ कुवेत,ले सभागिता जनाएको थियो । जस्मा महिला तर्फ (किरात राई यायोक्खा,शखा कुबेत,प्रथम र दोस्रो स्थान मा तमू प्ये ल्हु संघ कुवेत दोस्रो हुन सफल भएको थियो भने पुरुष तर्फ ७ टिमले सभागिता जनएको थियो। १,तीन किराती संस्था २, तमू समाज कुबेत ३,लम्जुङ सेवासमाज कुबेत ४,लुम्बिनी समाज कुबेत ५,नेपाल तामाङ घेदुङ कुवैत ६,कोसेली समुह कुबेत ७,नेपाली जनसम्पर्क समिति कुवेत,ले सभागिता जनाएको थियो भने खेलमा नेपाली जनसम्पर्क समिति कुवेत प्रथम भएको थियो भने दोस्रो नेपाल तामाङ घेदुङ कुवैत भएको थियो। यसैगरी महिला हरुको बेलुन फुटाउने खेलमा रिषा तमूस्यो प्रथम र रमिता योञ्जन दोस्रो हुन सफल भए। बिजयी खेलाडीहरुलाई कप, मेडल, खादा फेटा लगायतले सम्मान गरीएको थियो।
कार्यक्रमको आकर्षक अर्को पक्ष सांस्कृतिक कार्यक्रम ल्होसार विशेष कार्यक्रमको आकर्षक पक्ष सांस्कृतिक कार्यक्रम रहेको थियो। कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि आफ्नो तमू पहिचान र मौलिकता झल्काउने खालका नृत्य झाउरे,सालैज्यु, कौडा, सोरठी, युगल तथा सामुहिक नृत्य गरी झनै ल्होसार लाई सुगन्ध भर्ने काम समाजका सांस्कृतिक परिवारका कलाकारहरु रुप गुरुङ,भेद प्रसाद गुरुङ,अमृत गुरुङ,कुमारी गुरुङ,सरस्वती गुरुङ,योजान राइ,प्रसाद गुरुङ,श्रेया गुरुङ,निर्मला गुरुङ,सन्तोष डेनी गुरुङ,रमेश लामाको प्रस्तुतिले कार्यक्रमा उपस्थित सम्पूर्ण दर्शकहरु लाई झनै मनोरन्जन दिलएको थियो।
समाज ले हरसाल ५ सदस्यहरु लाई सम्मान गर्दै आएको छ। यसपाली पनि समाजले ५ सदस्यहहरु लाई सम्मान गरिएको थियो। जस्मा गोपाल गुरुङ,बुद गुरुङ,भुप्रसाद गुरुङ,सुमित्र गुरुङ,अमृत गुरुङ,लाई मायाको चिनो,सहित खादाले सम्मान गरिएको थियो भने समाजको सबैजान सल्लाहकारहरु लाई पनि समाजले सम्मान गरिएको थियो।कार्यक्रम मा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन सेलरोटी अचार चनाको तरकारी, चिउरा खसीको मासु साथमा पुलाउ मिठो भोजन ले स्वगात गरेका थिए।
अन्त्यमा कार्यक्रमको समापन गर्दै अध्यक्ष राजु गुरुङ ले कार्यक्रममा लाई सफलताका साथ सम्पन्न गर्न अहोरात्र खटनु भएका समाजका सल्लाकार तथा सदस्यहरु लगायत शुभचिन्तक सहयोगिहरु सबै प्रति आभार ब्यक्त गर्दै उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए। भने अन्त्यमा तमू सस्कृति झल्किने नृत्य र गीत हरु प्रस्तुत गरि भरपुर मनोरंजन साथ कार्यक्रम बेलुकी ८ बजे सम्पन्न भएको थियो भने कार्यक्रममा आउन जानको लागि नि:शुल्क यातायातको ब्याबस्था गरिएको ।