इरानमा १८० यात्रु बोकेको युक्रेनी विमान दुर्घटना


तेहरान — इरानको तेहरानमा १८० यात्रु बोकेको युक्रनी विमान दुर्घटना भएको छ । इरानको इस्लामिक रिपब्लिक न्युज एजेन्सी(आईआरएनए) का अनुसार तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभका लागि उडान भर्दै गरेको विमान दुर्घटना भएको हो । युक्रेन इन्टरनेसनल एअरलाइन्सको बोइङ ७३७ जहाज दुर्घटना भएको इरानको आपतकालीन विभागका प्रवक्ता मोज्तबा खालिदीले जनाए।विमानमा आगो लागेको र उद्धारका लागि टोली पठाइएकाे इरानी अधिकारीले जनाएका छन्।
केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले भने विमानमा १७० यात्रु रहेको जनाएका छन् ।
दुर्घटना इरान-अमेरिका तनावसँग जाेडिएकाे छ वा छैन भन्ने’bout केही जानकारी आएकाे छैन। बुधबार बिहान इरानले इराकमा रहेका दुई वटा अमेरिकी सैन्य अखडामा रकेट प्रहार गरेको थियो।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.