इराकमा रहेको अमेरिकी सैन्य अखडामा इरानले गर्‍यो रकेट आक्रमण


वासिंगटन — इरानले इराकमा रहेको अमेरिकी सैन्य अखडामा बुधबार रकेट प्रहार गरेको छ । अमेरिकी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले इरानले दुई वटा अमेरिकी सैन्य अखडामा दर्जन बढी रकेट प्रहार गरेको जनाएका छन् । इरानले अनबर प्रान्तमा रहेको ऐन–अल–असद बेस र इरबिलमा रहेको अर्को सुरक्षा अखडामा रकेट आक्रमण गरेको सीएनएनले बताएको छ। इरानको आक्रमणबाट पुगेको क्षति’bout भने केही जानकारी दिइएको छैन।
शुक्रबार अमेरिकाले इराकको बग्दादमा इरानका सैन्य कमान्डर कासिम सुलेमानीको ‘हत्या’ गरेपछि दुई देशबीच टकरावको अवस्था आएको हो। आफ्ना सैन्य कमान्डर सुलेमानीको हत्याको बदला लिने इरानले बताइसकेको छ। अमेरिकाले भने इरानले प्रत्याक्रमणको बाटो रोजे इरानका ५२ वटा अति महत्वपूर्ण ठाउँ ध्वस्त बनाइदिने चेतावनी दिएको छ। इरानी सेनाले अमेरिकाको सहयोगी इजरायललगायतका देशलाई पनि आक्रमणको चेतावनी दिएको छ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले इराकमा अमेरिकी फौजप्रति भएको आक्रमणलाई नजिकबाट नियालिरहेको बताउँदै इरानसँगको तनाव घटाउनुपर्ने बताएकी छिन्। उनले अमेरिकाले मात्रै होइन, विश्वले नै पनि युद्धको बहन गर्न नसक्ने चेतावनी पनि दिएकी छिन्।

जर्नेल कासिम सुलेमानीको अन्तिम संस्कार मंगलबार गरिने पूर्वनिर्धारित कार्यक्रम भए पनि शवयात्रामा भागदौड मच्चिँदा कम्तीमा पनि ३५ जनाको भन्दा बढी ज्यान गएपछि स्थगित गरिएको थियो। तेहरानमा भएको सुलेमानीको शवयात्रामा दश लाखभन्दा बढी मानिस उपस्थित भएको बताइएको छ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.