७ जनवरी २०२० कुवेतमा सकृय रुपमा कृयाशिल जातिय संस्था तमू समाज कुबेतले आगामी १० जनवरी २०२० शुक्रबारका दिन आयोजना गर्न गईरहेको तमू समुदायको मौलिक महान चाड तमू च्यु ल्होसार (मुसा वर्ग) बिशेष शुभ कामना आदान प्रदान तथा बिविध खेलकुद,मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको समाजको अध्यक्ष राजु गुरुङले मिडिया मार्फत जानकारी दिएको छन।
स्थापान काल देखी हरेक बर्ष बिबिध कार्यक्रम गरी ल्होसार मनाउदै आएको समाजले यो बर्ष पनि बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथ धुमधाम तरिकाले मनाउने भएको छ। खासगरी तमू (गुरुङ्) जातिहरुको ऐतिहासिक एवं मौलिक परम्परा, भाषा-संस्कृति, भेषभूषा र रीतिरीवाजलाई जगेर्ना गर्ने तथा जातिय पहिचानलाई संरक्षण गर्ने जस्ता ल्होसार पर्वका बिशेषताहरु भएपनि प्रबासमा कृयाशिल अन्य नेपाली समाजसँगको आपसी भाईचारालाई हातेमालो गर्दै जाने उद्देश्यले तमू समाज, कुवेतले ल्होसार पर्व एक समावेशी ढंगबाट मनाउने भएको हो।
कार्यक्रमको बिशेष आकर्षण,
१) ल्होकोर पूजा तथा स्याई स्याई कार्यक्रम
२) ल्होसारको अवसरमा शुभकामना आदान प्रदान
३) बिभिन्न पारम्परिक मनोरन्जनात्मक खेल छेलो हान्ने, डोरी तान्ने, हाडी फुटाउने आदी प्रतियोगिताहरु
४) तमू सास्कृतिक परिवारको बेजोड प्रस्तुतीहरु
५) बिजेता खेलाडीहरुलाई पुरस्कार तथा सम्मान कार्यक्रम
६) स्यो कै तथा बनभोज
७) कार्यक्रम स्थाल आउन जानको निम्ती निशुल्क यातायातको ब्याबस्था गरिएको हुँदा माथि ब्यानर मा दिएको संपर्क न मा सपर्क गर्नु सक्नु हुनेछ। साथै बस लाग्ने स्थान अनी बस छुटन्ने समया को पनि खयाल गरीदिनु हुन आयोजक ले आनुरोध गरेको छ।
उक्त दिनहुने कार्यक्रमा कुवेतमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन्। साथै सम्पूर्ण संस्था तथा मिडियाकर्मी, समाजसेवी, बुद्धिजवी शुभ चिन्तकहरुलाई निमन्त्रणा गरि सकेको र कोहि कसैलाई कारण बस निमन्त्रणा पुग्न नसकेको भएमा यसै न्युजलाई निमन्त्रणा सम्झी गरिमामय उपस्थितिको लागि क्लब अध्यक्ष राजु गुरुङले उपस्थितिको लागी सम्पूर्णमा हार्दिक आग्रह गरेका छन।
मिती : १० जनवरी २०२०, शुक्रबार
समय : १२:०० बजे देखी
स्थान : ब्लक २, स्ट्रिट १४
हिजुल-कबाड, कुवेत
आयोजक :तमू समाज कुबेत