Daily Archives: 05/01/2020

पर्यटन बोर्डको प्रमुखका लागि ९ जनाको दौड, कसले मार्ला बाजी ?


२० पुस, काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि ९ उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धामा निवर्तमान भइसकेका दीपकराज जोशीसमेत छन् । पुस महिनाबाट बोर्डको कार्यकारी प्रमुख पद रिक्त हुने भएपछि पूर्तिका लागि नेपाल पर्यटन बोर्डले कार्यविधि नै बनाएर खुला विज्ञापन आहृवान गरेको थियो । जसमा विभिन्न व्यक्तिहरूले इच्छा देखाउँदै आवेदन दिएका थिए । तीमध्ये ९ जनाको नाम सर्ट लिस्टिङमा परेको कार्यकारी प्रमुख छनौट उपसमितिको सचिवालयले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

इरानले हमला गरे उसको ५२ स्थानलाई ध्वस्त बनाइदिने ट्रम्पको चेतावनी


अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कुनैपनि आफ्ना नागरिक वा सम्पत्तिमाथि हमला गरे इरानको ५२ स्थानमा हमला गरी ध्वस्त बनाइदिने चेतावनी दिएका छन् । इरानको इस्लामिक रेभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी) अन्तर्गतको कुद्स फौजका जर्नेल कासिम सुलेमानीको अमेरिकी ड्रोन हमलामा मृत्यु भएसँगै अमेरिका र इरानबीच द्वन्द्व बढेको छ । इरानले सुलेमानीको हत्याको बदला लिने चेतावनी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्