Monthly Archives: जनवरी 2020

वीर सपूतहरुको सम्झनामा आज शहीद दिवस मनाइँदै


१६ माघ, काठमाडौं । देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्नेहरुको सम्मानमा आज शहीद दिवस मनाइँदै छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । पछिल्ला वर्षहरुमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहूति दिने योद्धाहरूको पनि सम्मान गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

कोरोना भाइरस प्रकोप : मृतकको संख्या १७० पुग्यो, झन्डै ८ हजार संक्रमित


तिब्बतमा पहिलो संक्रमित भेटिएको पुष्टि
बेइजिङ — कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १७० पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बिहीबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १७० जनाले ज्यान गुमाएका छन् भने झन्डै ८ हजारमा यसकाे संक्रमण देखिएकाे छ । पढ्नेक्रम जारी राख्नुहोस्

त्रिशुली समाज युएईले मन्जुश्री संवत् २८५६ (जिवा/ नाम्युङ ल्हो) मुसा वर्ग “सोनाम ल्होछार ” भव्यरुपमा मनायो।


“हाम्रो कला संस्कृति हाम्रो पहिचान, तामाङ संस्कृतिलाई माया गरौं” भन्ने मुल नाराका साथ त्रिशुली समाज युएई द्वारा आयोजित मञ्जुश्री संवत् २८५६ औं (जीवा/ नाम्युङ ल्हो) ‘मुसा वर्गको अवसरमा सोनाम ल्होछार कार्यक्रम यहि २०२० जनवरी २४ तारिख शुक्रबार युएईको आबुधावी स्थित मलयाली समाजम सभाहल (KM trading पछाडी ) मुसाफामा भव्यरुपमा सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा २८५६ राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमको तयारी अन्तिम चरणमा


कुबेत नेपालडटकम/ जनवरी २९ कुवेत। तामाङ घेदुङ कुवेतद्वारा आयोजित आगामी फेब्रुअरी ७ तारिक शुक्रबारको दिन कुबेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा २८५६ राष्ट्रिय सोनाम ल्होछार तथा वृहत संस्कृतिक कार्यक्रमकाे तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक रेशम लामाले कुबेत नेपालडटकम जानकारी दिएका छन। पढ्नेक्रम जारी राख्नुहोस्

कोरोना भाइरस प्रकोप : मृतकको संख्या १३२ पुग्यो, ६ हजार संक्रमित


बेइजिङ — कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १३२ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बुधबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १३२ जनाले ज्यान गुमाएका छन् भने झन्डै ६ हजारमा यसकाे संक्रमण देखिएकाे छ ।
त्यस्तै बुधबार बिहानसम्म चीनमा मात्रै ५ हजार ९ सय ७४ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

पर्बत मंच हङकङ द्धारा पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेबी गुरुङ सम्मानित ।


पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ मिलनको अध्यक्षतामा र पाेखरा महानगरपालिका उप-प्रमुख मन्जु देबी गुरुङको प्रमुख आतिथ्यतामा यही २८ जनवरी २०२० मंगलबार बिहान ८:३० बजे होटेल मडेर जाेर्डनकाे सभा हल हङकङमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

पानोरमा प्रकरण : गल्ती होटलको कि भारतीय पाहुनाको ?


केरलाका मुख्यमन्त्रीको माग– नेपालले क्षतिपूर्ति दिनुपर्छ
चिरञ्जीवी पौडेल
१४ माघ, काठमाडौं । गत मंगलबार मकवानपुरको पर्यटकीय क्षेत्र दामनस्थित एक रिसोर्टमा एउटै कोठाभित्र सुतेका ८ भारतीय पर्यटकको मृत्यु भयो । यस’bout सरकारले छानविन अगाडि बढाइरहेको छ । तर, भारतको केरला राज्यका मुख्यमन्त्रीले भने उक्त घटनाका पीडित परिवारलाई नेपालको सरकारले नगद क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । केरलाका मुख्यमन्त्री पिनारयी विजयनले आफ्नो केन्द्र सरकारका विदेशमन्त्री डा. एस. जयशंकरलाई आइतबार पत्र लेख्दै नेपालसँग क्षतिपूर्ति माग्न सुझाएका हुन् । पत्रमा उनले भारतीयहरुको मृत्युमा होटलको उपकरण जिम्मेवार रहेको दाबी गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेकपा अब कता ?


होमनाथ दाहाल
सरकार पुँजीपति, शोषक सामन्तको कि कम्युनिस्टहरूले बेलाबेलामा भन्ने गरेको गरिब किसान मजदुरको?
संसदमा झन्डै दुईतिहाइ बहुमतमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारको दुई वर्षको कामकारबाही हेर्दा हरेक सचेत नागरिकको मनमा प्रश्न उठेको छ अब नेकपा कता? नेकपाले एउटा बाटो अँगालेको छ मुलुकको ऐन, कानुन, मर्यादा र प्रचलित परम्परालाई तिलाञ्जली दिएर राष्ट्रको सम्पत्ति दोहन गरेर भ्रष्टाचार गर्ने, सायद राज्यको यस्तै व्यवहार देखेका हाम्रा पुर्खाले भनेको हुन सक्छ, ‘उल्काको धन फुपूको श्राद्ध’ कामरेडहरूको यस्तो व्यवहार हेरेर बस्न बाध्य छन् सर्वसाधारण। केन्द्रीय संसद्देखि तल्लो तहसम्म उनीहरूको बहुमत छ अझ कतिपय प्रदेश र स्थानीय तहमा दुईतिहाइ बहुमत छ। संसदमा प्रतिपक्ष कमजोर छ र आफैंभित्र झगडा गरेर बसेको छ। यसले सत्ताधारी दललाई मनपरी गर्न प्रोत्साहन मिलेको छ। पढ्नेक्रम जारी राख्नुहोस्