Daily Archives: 31/12/2019

एमसीसी र चन्द्र शमशेरको पेनाल्टी


भीम भुर्तेल
एमसीसी सम्झौतालाई संसदले अनुमोदन गर्नु पर्छ/पर्दैन भनेर देशमा बहस चलेको छ । एकातिर, एमसीसी अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिको हिस्सा भएकाले नेपालको असंलग्न परराष्ट्र नीतिको खिलाफ छ र चीनविरुद्ध प्रयोग हुन्छ भन्ने तर्कले यसलाई राजनीतिक रंग दिएको छ । अर्कातर्फ, आइसकेको ५५ अर्ब रुपैयाँ सहायता फर्किन्छ र नेपाल लगानीयोग्य मुलुक नरहेको सन्देश जान्छ भन्ने मत छ । पढ्नेक्रम जारी राख्नुहोस्

विद्यार्थी नेता जोशी व्यवसायिक गाईपालनमा, भन्छन्- ‘स्वदेशमै पौरख गरे परदेश जानु पर्दैन’


काठमाडौँ । विद्यार्थी नेता टेकराज जोशी नमूना कृषि फर्म बनाउने योजनाका साथ व्यवसायिक गाईपालनमा लागेका छन् । नेता जोशी काठमाडौँको काँडाघारीमा ‘स्वस्तिक बहुउद्देश्य कृषि तथा काउ फार्म प्रा.लि.’ सञ्चालनमा ल्याएर सातवटा गाई र केही संख्यामा टर्की पालन गरी कृषि क्षेत्रमा लागेको हुन् । सात वटा गाईबाट दैनिक १०० लिटर दुध उत्पादन हुने गरेको छ । उत्पादन भएको दुध स्थानीय स्तरमै खपत हुन्छ । दैनिक रुपमा गाईले दिने दुधको ४० प्रतिशत खर्च कटौती गरेर ६० प्रतिशत बचत हुने गरेको सञ्चालक जोशीको भनाई छ । पढ्नेक्रम जारी राख्नुहोस्