Daily Archives: 26/12/2019

वातावरण बने सरकारमा जान्छौं : राजपा


वातावरण बनिसक्यो : सरकार
मधुसूदन रायमाझी
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीसँग दुईबुँदे सहमति गरेको राष्ट्रिय जनता पार्टी दबाबमा परेको छ। जनता पार्टी सरकारमा जाने कि समाजवादी पार्टीसँग पार्टी एकीकरण गर्ने विषयमा दबाबमा परेको हो। दुईबुँदे सहमति भएको दुई दिनपछि संविधान संशोधनमा सरकार बेवास्ता गरेको भन्दै समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

गायक ढकाल दम्पतीको डिभोर्स हुनुको मुख्य कारण


काठमाडौं । चर्चित गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद भएको प्रमाणसहित दिनभर मिडियामा समाचार प्रकाशन भए । त्यसबेलासम्म ढकालले अफवाह मात्र रहेको बताएका थिए । सामाजिक सञ्जालमा यो दम्पतीको सम्बन्ध विच्छेदको खबर ट्रेन्डिङ हुन थालेपछि साँझ ढकालले पत्नी शाहसहितको तस्बिर राख्दै फेसबुकमा लेखे,‘अरुले के भन्छन् त्यसको मतलव छैन, हाम्रो साथ कहिल्यै मर्दैन ।’ पढ्नेक्रम जारी राख्नुहोस्

कुख्यात अपराधी पक्राउ गरिदिन चीनको पत्र


मातृका दाहाल
काठमाडौँ — तीन जना कुख्यात अपराधी नेपालमा लुकेर बसेको भन्दै उनीहरूलाई पक्राउ गरिदिन चीनले नेपाल सरकारलाई पत्राचार गरेको छ । रेडकर्नर नोटिसमा सूचीकृत अन्य तीन जनाको पनि खोजी गरिदिन चीनको विदेश मन्त्रालयले नेपालस्थित दूतावासमार्फत सरकारलाई पत्राचार गरेको स्रोतले जनाएको छ ।  ‘ईडी ८७८९४६५’ नम्बरको राहदानीवाहक यु अइहाई, ‘ईजी ००९१७४५’ राहदानी भएका जहाङ जोङमोउ र ‘ईई ७८६२३१०’ राहदानीवाहक क्यु क्विङलाई पक्राउ गर्न इन्टरपोल चीन र त्यहाँको विदेश मन्त्रालयबाट पत्र आएको हो । फरार रहेकामध्ये युको राहदानी सन् २०१८ सेप्टेम्बर १७ तारिख र जहाङको २०१९ अप्रिल १७ तारिखमा जारी भएको हो । चीन सरकारकै अनुरोधमा नेपालमा बसेका अन्य १ सय २२ चिनियाँलाई गत सोमबार प्रहरीले पक्राउ गरिसकेको छ । चीनमा अपराध गरेर भागेका आफ्ना नागरिकको निगरानी गर्न चिनियाँ सुरक्षाकर्मीको विशेष टोली अहिले काठमाडौंमै छ । पढ्नेक्रम जारी राख्नुहोस्