Daily Archives: 25/12/2019

राजपा ‘इन’ समाजवादी ‘आउट’


सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने
मधुसूदन रायमाझी,
सरकारले संविधान संशोधन गर्न तयार नभएको भन्दै संघीय समाजवादी पार्टी सरकारबाट हटेको छ। संविधान संशोधनको प्रक्रिया अघि नबढेको र प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपट भएको भन्दै समाजवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो। सरकारमा सहभागी उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले मंगलबार मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

गुट–उपगुटले ग्रस्त कांग्रेस


बालकृष्ण अधिकारी
काठमाडौं – पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ। विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिन्छ। तर एक वर्ष समय थप गर्ने समझदारी पार्टीभित्र निर्माण गरिसकेका देउवाले निर्वाचित भएपछिका दिनमा गुटबन्दी अन्त्य त परैको कुरा भयो विधि अनुसार पार्टी चलाउन पनि सकेनन्। पढ्नेक्रम जारी राख्नुहोस्

आज क्रिसमस डे, क्रिश्चियन धर्मालम्बीलाई बिदा


९ पुस, काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्