Daily Archives: 23/12/2019

तमू प्ये ल्हु संघ कुवेतको च्यु ल्होसार तयारी अवस्थामा


जय आले, कुवेत

२३ डिसेम्बर २०१९ । कुवेतमा सकृय रुपमा कृयाशिल जातिय संस्था तमू प्ये ल्हु संघ कुवेतले आगामी ३ जनवरी २०२० शुक्रबारका दिन आयोजना गर्न गईरहेको तमू च्यु ल्होसार पूर्ण रुपमा तयारी अवस्थामा रहेको संघकी अध्यक्ष उमा गुरुङले जानकारी दिएकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

आफ्नो शरीरमा क्यान्सर भए/नभएको आफै पत्ता लगाउने ७ तरिकाहरु



नेपालमा
८० प्रतिशत क्यान्सरका बिरामी अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने गरेका छन् समयमैचिकित्सकलाई आफ्नो समस्या’bout नबताउँदा क्याम्सरको उपचार जटिल बन्ने गरेको

चाँडो अस्पताल नजाने हाम्रो बानी नै त्यसैले आफैले क्याम्सर भए नभएको ’bout कसरी पत्तालगाउने भनेर तपाईलाई जानकारी दिदैछौँ बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र प्रसाद बराललेशरिरमा क्यान्सर रोग भए÷नभएको यसरी पत्ता लगाउन सकिने भनेका छन्

) निको नहुने खोकी लागेमा अथवा घोक्रो स्वर भएमा,

) छालामा भएको कोठीको रङ्ग आकार परिवर्तन भएमा,

) शरीरको भाग अत्याधिक दुख्न थालेमा वा शरीरमा गिर्खा आएमा,

) उपचार गर्दा पनि शरिरमा लागेको घाउ निको नभएमा वा बल्झीएमा,

) शरिरबाट असाधारण रक्तस्राव वा पिप आएमा,

) दिशा वा पिशावमा गर्ने समयमा फरक आएमा वा गाह्रो भएमा अथाव दिशा पिशाब गर्दा रगतदेखिएमा,

) विस्तारै शरिरको वजन घट्दै गएमा वा दुव्लाउदै गएमा

स्रोत :-BigulMedia

कपा स्थायी समिति बैठक : भारतीय सेना हटाउन पहल गरिने


मधुसूदन रायमाझी,
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लिम्पियाधुरा उद्गमस्थल रहेको कालीनदी पूर्वको नेपाली भू–भागसमेत समावेश गरेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अस्वीकार गर्दै त्यस क्षेत्रमा रहेको भारतीय सेना हटाउन पहल गर्ने निर्णय गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

रुख काट्न सर्वोच्चले रोक्यो, निजगढ विमानस्थल अन्यौलमा


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री नियुक्त भएलगत्तै योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास मंसिरभित्रै गर्ने घोषणा गरेका थिए । पुस लागिसक्दा पनि शिलान्यास त हुन सकेन, आइतबार सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया थप अन्यौलमा परेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

श्रमस्वीकृति अब अनलाइनबाटै


दूतावासले मागपत्र प्रमाणीकरण गरेकै दिन विभागबाट पूर्वश्रमस्वीकृति राहदानीमा श्रम स्टिकर नटाँसिने
होम कार्की
काठमाडौँ — वैदेशिक रोजगार विभागले मागपत्र प्रमाणीकरणदेखि कामदार छनोट प्रक्रियासम्मका काम अनलाइन प्रणालीबाटै हुन थालेको छ । यो प्रणाली कार्यान्वयनपछि कामदारको श्रमस्वीकृति प्रक्रियामा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि र विभागका कर्मचारीबीच भेट गर्नै नपर्ने भएको छ । विभागका महानिर्देशक भीष्मकुमार भुसालले मागपत्र प्रमाणीकरण र कामदार छनोट प्रक्रियालाई पारदर्शी बनाउन र विभागलाई भ्रष्टाचारमुक्त बनाउन अनलाइन प्रणाली अलम्बन गरिएको बताए । ‘अब पूर्वश्रमस्वीकृति र अन्तिम श्रमस्वीकृतिका लागि वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि हाम्रो कार्यालयमा धाइराख्नुपर्दैन । सबै काम अनलाइनबाटै हुन्छ,’ उनले भने । पढ्नेक्रम जारी राख्नुहोस्