माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको आठौं अधिवेशन सम्पन्न, अध्यक्षमा डम्बर प्रसाद रिमाल


कुबेत नेपालडटकम
कुवेतको नेपाली समाजमा २० बर्षको इतिहास बोकेको संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको ८औँ  ऐतिहासिक अधिवेशन र २०औ वर्षिक उत्सब केक काटेर  हिजो २० डिसेम्बर २०१९ का दिन कुबेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा सम्पन्न भएको छ ।

कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा आयोजना गरिएको अधिबेशनले निवर्तमान सचिब (डम्बर प्रसाद रिमाल) अध्यक्षतामा २२  सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । क्लबक अधयक्ष ईन्द्र पोखरेलको सभापतित्व र बरिष्ट सदस्य ईन्द्र भुसालको सञ्चालन रहेको कार्यक्रममा कुवेतका नेपालीदुतावास पल्नु भएको महामहिम दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने कलब को बरिष्ट सदस्य जय आले मगर ले स्वागत मन्तब्य दिंदै सम्पूर्ण अतिथिहरुको स्वागत गर्नु भएको थियो ।
कार्यक्रमलाई क्लबका संस्थापक एवं बरिष्ट सल्लाहाकार राजेन्द्र तामाङ, सल्लाहाकार गिता तामाङ बरिष्ट सल्लाहाकार मित्र सिंज्याली, एन आर एन ए, कुवेतका अध्यक्ष सुजन सी, बिशिष्ट अतिथीको रुपमा रहनु भएको कार्यक्रममा कुवेतको नेपाली समाजका कृयाशिल बिभिन्न सँघ-संस्थाका प्रतिनिधि, पत्रकार, खेलाडी लगायत अन्य बुद्दिजिवीहरुको आतिथ्यता रहेको थियो ।

सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै  नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो भने पूर्व अधयक्षहरुबाट गरिएका गतिबिधीहरु प्रोजेक्टर मार्फत प्रस्तुत गरिएको थियो।  कार्यक्रमा नेपालीदुतावास पल्नु भएको महामहिम दुर्गा प्रसाद भण्डारीले, क्लबले गरेको सामाजिक देखी खेलकुद क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि नयाँ कार्यसमितीले यो सुनौलो ईतिहासलाई अझ सुन्दर बनाउनु पर्दछ भन्दै क्लबले गरेका राम्रा कार्यलाई नेपाली दुताबासले सदैब सहयोग गर्ने जानकारी दिनु भएको थियो ।कार्यक्रममा बरिष्ट सल्लाहाकर राजेन्द्र तामाङ, बरिष्ट सल्लाहाकार मित्र सिंज्याली, एन आर एन ए, कुवेतका अध्यक्ष सुजन केसी, पत्रकारमहासघका सचिब आनन्द आचार्य ,जनजाती महासघका  अध्यक्ष अमृत तामाङ तमु समाजका अध्यक्ष राजु गुरुङ, कुमार झापाली,-सुदुरपश्चिम सेवा समाज कुवेतका अध्यक्ष अमर खडक, लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

निर्वाचित अध्यक्ष डमर प्रसाद रिमलले कार्यक्रमलाई सम्बोधन गर्दै क्लवले गर्ने हरेक गतिविधिहरुमा आफुले र नयाँ कार्यसमितिले पनि पुर्व अध्यक्षहरुले जस्तै नेपाली समाजबाट सहयोग र सल्लाह, सुझाव पाउने बिचार व्यक्त गर्दै क्लवको गरिमालाई सदैव उच्च राख्न आफुले कुनै कसर बाँकी नराख्ने बताउनु थियो ।कार्यक्रममा क्लवले चिया, कपी, ओपन बुफे भोजको ब्यबस्था समेत गरेको थियो । क्लवको ८औ अधिवेशनले नयाँ कार्यसमिती निम्न अनुसार चयन गरेको छ।

सल्लाहाकार समिति:
१) बरिष्ट सल्लाहाकार – राजेन्द्र बोमजन तामाङ – काठमाण्डौ
२) बरिष्ट सल्लाहाकार – मित्र सिंज्याली मगर – भैरहवा
३) संरक्षक – बाल कुमार गुरुङ – धरान
४) संरक्षक – धर्म राज गिरी – झापा (काठमाण्डौ)
५) संरक्षक – जितेन थिङ तामाङ – लम्जुङ (पोखरा)
६) सल्लाहाकार – श्रीमती गीता तामाङ – काठमाण्डौ
७) सल्लाहाकार – खोप ब. गुरुङ – बुटवल
८) सल्लाहाकार – ईन्द्र प्रसाद भुसाल – पर्वत (पोखरा)
९) सल्लाहाकार – चन्द्र कुमार तामाङ – खोटाङ (पोखरा)

कार्यकारिणी समिति:
१) अध्यक्ष – डम्बर प्रसाद रिमाल – बारा (काठमाण्डौ)
२) उपाध्यक्ष – आनन्द श्रेष्ठ – काठमाण्डौ
३) महासचिव –  सुरेश गुरुङ – संखुवासभा
४) सचिव – एकराज मल्ल ठकुरी – दाङ
५) कोषाध्यक्ष – रिक्त (पद पूर्ति गरिने)
६) खेलकुद विभाग प्रमुख – मोहन राई – खोटाङ
७) बरिष्ट सदस्य – किरण पौड्याल – काठमाण्डौ
८) बरिष्ट सदस्य – जय आले मगर – पर्वत (पोखरा)
९) बरिष्ट सदस्य – ईन्द्र प्रसाद पोखरेल – चितवन
१०) बरिष्ट सदस्य – जगत घागा मगर – धनकुटा (धरान)
११) बरिष्ट सदस्य – राम बस्नेत – मोरङ
१२) बरिष्ट सदस्य – श्रीमती सरिता पौड्याल – काठमाण्डौ
१३) बरिष्ट सदस्य – शिवराम पौडेल – तनहुँ (पोखरा)
१४) बरिष्ट सदस्य – केदार आले मगर – खोटाङ
१५) सदस्य – उमा घिमिरे – मोरङ
१६) सदस्य – प्रेम जिमी राई – धरान
१७) सदस्य – डम्बर मोक्तान तामाङ – झापा
१८) सदस्य – शन्त लम्साल – तनहुँ
१९) सदस्य – मोहदत्त चपाई – पर्वत (काठमाण्डौ)
२०) सदस्य – रहमदीन मिया – पोखरा
२१) सदस्य – केशव बि.क – नुवाकोट
२२) सदस्य – किरण राई – झापा

२० बर्षको गरिमामय इतिहास बोकेको क्लवलाई स्थापना देखी हालसम्म निम्न व्यक्तित्वहरुले मुख्य नेत्रित्व(अध्यक्षता) दिईसक्नु भएको छ ।

संस्थापक अध्यक्ष – श्री अनिल कुमार राई – सन् १९९९ डिसेम्बर देखी २००३ जून सम्म
दोश्रो अध्यक्ष – श्री बाल कुमार गुरुङ – सन् २००३ जून देखी २००९ जून सम्म
तेश्रो अध्यक्ष – श्री किरण पौड्याल – सन् २००९ जून देखी २०११ जून सम्म
चौंथो अध्यक्ष – श्री धर्म राज गिरी – सन् २०११ जून देखी २०१३ जून सम्म
पाँचौं अध्यक्ष – श्री जय आले मगर – सन् २०१३ जून देखी २०१५ अगष्त सम्म
छैटौं अध्यक्ष – श्री जितेन थिङ तामाङ – सन् २०१५ अगष्त देखी २०१७ अगष्त सम्म
सातौं अध्यक्ष – श्री ईन्द्र प्रसाद पोखरेल – सन् २०१७ अगष्त देखी २०१९ डिसेम्बर सम्म

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.