मगर सँघ कुवेतको तेश्रो अधिवेशन तथा माघे सकराती १७ जनवरी २०२० मा आयोजना हुँदै


जय आले, कुवेत

२२ डिसेम्बर २०१९ । कुवेतवासी नेपालीहरु बिच कृयाशिल रहेको जातिय संस्था नेपाल मगर सँघ बैदेशिक शाखा, कुवेतले आफ्नो तेश्रो अधिवेशन तथा मगरहरुको मौलिक तथा साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती आगामी १७ जनवरी २०२० शुक्रबारका दिन कुवेतको फर्वानिया स्थित युनिक अडेटोरियम हलमा आयोजना गरि सम्पन्न गर्ने बताएको छ ।

मगर जातिय भाषा, संस्कृति, भेषभूषा एवं मौलिकतालाई जगेर्णा गर्दै सँघको केन्द्रिय बिधानमा आस्थावान रहि कुवेतमा कृयाशिल रहेका अन्य नेपाली सँघ-संस्थाहरुसँग समेत सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्यका साथ मगर सँघ नेपालका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको बिशेष उपस्थितिमा सन् २०१२ को जुन १५ मा स्थापना भएको मगर सँघ कुवेतले आफ्नो ४/४ बर्षे लामो दोश्रो कार्यकाल पुरा गरेको छ ।

अधिवेशनका लागि नेपाल मगर सँघबाट केन्द्रिय प्रतिनिधि समेत आउने जानकारी दिंदै कुवेतमा पेशारत समस्त मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागीताको लागि आव्हान गरेको छ भने अन्य नेपाली सँघ-संस्था एवं समस्त कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त दिन अन्य कुनै कार्यक्रमको आयोजना नगरी माघे सकराती तथा अधिवेशनमा उपस्थिती जनाइ दिन अनुरोध गरेको छ ।

स्थापना कालदेखी मगर सँघ कुवेतले मगरहरुको राष्ट्रिय तथा साँस्कृतिक पर्व माघे सकराती तथा मगर दिवस जस्ता पर्वहरु सामुहिक रुपमा कुवेतवासी नेपालीहरु बीच मनाउँदै आएको छ ।

पुनश्च्व:
मिति : १७ जनवरी २०२०, शुक्रबार
समय : बिहानको ठिक ११.०० बजे, उप्रान्त
स्थान : युनिक अडेटोरियम हल फर्वानिया, कुवेत
संपर्क : जय आले मगर – ९९१०१४०८, मनु भुजेल मगर – ६९३३३८८३, बसन्त थापा मगर – ५०३४३९९३, राजेन्द्र आले मगर – ६९०७६५९१, जंग घर्ती मगर – ६०००८६७९

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.