काठमाडौँ — तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कारको प्रयासको आरोपमा पुर्पक्षमा थुन्ने जिल्ला अदालत काठमाडौंको आदेश ठीक थियो कि थिएन भन्ने’bout उच्च अदालत पाटनमा बहस सुरु भएको छ । आफूलाई थुन्नु गलत भएको दाबी गर्दै महराले दिएको निवेदनमाथि उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा बिहीबार सुनुवाइ हुन लागेको हो । उच्च अदालत पाटनको आदेशमा महरालाई किन पुर्पक्ष थुनामा पठाइएको थियो भन्ने’bout आधार र कारण खुलाएर जिल्ला अदालतले ‘कैफियत प्रतिवेदन’ उच्च अदालत पाटनमा पठाइसकेको छ। पाटनले जिल्लाको आदेश सदर गरे महरा थुनामै रहनुपर्ने हुन्छ। र, उनी फेरि सर्वोच्च अदालत जान पाउँछन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 19/12/2019
महराको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ हुँदै
Posted in नेपाल समाचार
शिवमायाले सभामुखकै हैसियतमा संसद अधिवेशन शुरु गर्ने
३ पुस,काठमाडौं । प्रतिनिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेकै अध्यक्षतामा शुरु हुने भएको छ । संसद बैठकको शुरुवात गरेरमात्र राजीनामा दिने उनको अडानमा नेकपा नेतृत्व सहमत भएपछि शुक्रबारको बैठक उपसभामुखकै अध्यक्षतामा शुरु हुने भएको छ । प्रतिनिधिसभा नियमावलीमा बैठकको शुरु र अन्त्य सभामुखले गर्ने भनिएको छ । सभामुख नभएको अवस्थामा उपसभामुखले गर्ने भन्ने’bout नियमावली बोल्दैन । सभामुख र उपसभामुख दुवै नभएको अवस्थामा भने जेष्ठ सदस्यले अध्यक्षता गर्ने भनिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार