Daily Archives: 18/12/2019

नेपाली प्रवासी ट्याक्सी व्यवासायी संघ कुवेतको तेस्रो वार्षिकोत्सब तथा दोस्रो अधिवेशनको तयारी पूरा


कुबेत नेपालडटकम /१८ डिसेम्बर, कुवेत। “नेपालीहरुको सेवामा समर्पित” भन्ने मुल नाराका साथ नेपालका विभिन्न ठाउँबाट कुवेत आइ ट्याक्सी व्यवासाय गरेर बसेका नेपालिहरुलाइ एकीकृत गर्दै नेपालीहरुलाइ सुलभ सेवा दिने उदेश्यले कुवेतमा दर्जनौँ संस्थाहरु माझ २०१६ मा स्थापित नेपाली प्रवासी ट्यक्सी व्यवासायी संघ कुवेतको तेस्रो वार्षिकोत्सब तथा दोस्रो अधिवेशनको तयारी सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

तामाङ घेदुङ कुवेतले मञ्जुश्री संम्वत २८५६ जिवा ल्हो सोनाम ल्होछार फेब्रुअरी ७ मा मनाउदै


कुबेत नेपालडटकम १८ डिसेम्बर, कुवेत। तामाङ भाषामा “ल्हो” भनेको वर्ग/बर्ष “छार” भनेको नयाँ ल्होछार अर्थात नयाँ बर्ष हो। ल्होछारको इतिहास निक्कै पुरानो छ। नेपालको सन्दर्भमा भन्दा तामाङ जाती पिछडाइएका जाती भएकोले राज्यले जबर्जस्ती हिन्दु परम्परा लादेको कारण पनि ल्होछार लोपोन्मुख बनेको छ। त्यतिमात्रै होइन, जबर्जस्ती हिन्दुत्व लादेपश्चात बिर्सिसकेको आफ्नो चाड मनाउनका लागि देशमा प्रचार प्रसार गर्ने माध्यमको पनि पहुँच कम भएकोले पछिल्ला केही बर्षबाट मात्रै धुमधामले मनाउन थालेका छन। ल्होछार खास गरेर तामाङहरुले सेतो टीका सहित मान्यजनबाट म्होलम (आशीर्वाद) लिएर टाढा टाढाका आफन्तहरुसंग पनि भेटघाट गरेर सबैले आ आफ्नो मान्यजनकहाँ गएर भेटघाट, टीका आशीर्वाद थापेर खप्स्यो (ल्होछारमा खाइने परिकार) खाएर रमाइलो गरेर मनाउँदछन। साँच्चिकै भन्ने हो भने नेपालका सबै जिल्लाका तामाङहरुलाइ ल्होछारको ईतिहास, ल्होछारको महत्त्व र कसरी मनाइन्छ भन्ने ’bout अझै जानकारी नै छैन। त्यसैले पनि तामाङ जातिले अहिले यसलाइ प्रचार प्रसारको एक अभियानको रुपमा पनि मनाउने गरेका छन। पढ्नेक्रम जारी राख्नुहोस्