शंकरप्रसाद खनाल
नेपालगन्ज : कक्षा ७ मा पढ्ने १६ वर्षका करण सार्की शनिबार राति नेपालगन्ज नाका हुँदै भारत जान लागेका थिए। जुम्ला सिँजा गाउँपालिका-३ नराकोटस्थित भैरवी माविका यी छात्र कक्षामा प्रथम हुँदै आएका छन्। स्कुलमा दुई महिना जाडो बिदा भएको मौकामा ‘पैसा कमाउन’ भारत जान लागेको उनले बताए। उनका बुवा बलवीर, आमा झिमु, जेठो दाइ नन्दराज र माइलो दलसिंह भारतको उत्तर प्रदेशस्थित अजमगढमा छन्। उनीहरू त्यहाँका ग्रामीण बस्तीमा डुलेर जाडोका कपडा बेचेर आय आर्जन गर्छन्। ‘बाआमासँगै म पनि लुगा बेच्दै हिँड्छु’, करणले भने। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 17/12/2019
कलिलैमा कालापहाड
Posted in विविध
०७७ फागुनमा महाधिवेशन गर्न देउवा सहमत
कुलचन्द्र न्यौपाने
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले ०७७ फागुनमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने गृहकार्य थालेका छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले त्यसको तीन महिनाअघि (मंसिर ५–८) नै केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेको छ । यसअघि महाधिवेशनको कार्यतालिका एजेन्डामै नपारिएको भन्दै पौडेल पक्षले केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गर्दै आएको थियो । बिहीबार र आइतबारको बैठक बहिष्कार गरेको पौडेल पक्षले सोमबार पनि सहभागी नहुने जनाएपछि देउवाले बैठक स्थगित गरेर कार्यतालिकामा सहमति जुटाउने प्रयास थालेका हुन् । त्यसका लागि उनले उपसभापति विमलेन्द्र निधिलाई जिम्मेवारी दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार