प्रदेश ५ को नाम लुम्बिनी राख्न सिफारिस


अमृता अनमोल
बुटवल — प्रदेश ५ को नाम लुम्बिनी राख्न सिफारिस गरिएको छ । प्रदेशको नाम तथा राजधानी तोक्न गठन गरिएको विशेष समितिले यस्तो सिफारिस गरेको हो । समितिको आइतबार बसेको बैठकले नाम सिफारिस गरे पनि प्रदेशसभालाई बुझाउने र सार्वजनीक गर्ने काम अझै गरेको छैन । समितिको सिफारिसलाई प्रदेश सभा बैठकको दुई तिहाइले पारित गर्नुपर्ने प्रावधान छ । डेढ वर्षअघि गठित समितिले नामको जिम्मेवारी पूरा गरे पनि राजधानी कहाँ भन्ने एकिन सिफारिस गर्न सकेको छैन । समितिले राजधानीका लागि रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगङ्गा र बुद्धभूमि तथा दाङको भालुवाङ, लमही गरी तीन स्थान सिफारिस गर्ने तयारी गरेको संसदीय विशेष समिति एक सदस्यले बताए । एकै ठाउँमा राजधानी तोक्दा विवाद आउने भएपछि यसो गरिएको उनको भनाइ छ ।

नाम र राजधानी तोक्ने विषयमा सहमति हुने अवस्था नदेखिएपछि प्रदेशसभा बैठकले २०७५ साउनमा प्रदेश सभा सदस्य दिपेन्द्र पुनको संयोजकत्वमा विशेष समिति गठन गरेको थियो । समितिले पहिलो कार्यादेशभित्र जिम्मेवारी पूरा गर्न नसकेपछि तीन/तीन पटक म्याद थप गरिएको थियो । समिति कर्मचारीसहित १२ जनाको टोली पछिल्लो पटक भारतका दुई राज्य हरियाणा र पन्जाबको राजधानी अवलोकन भ्रमण गरेर राजधानी’bout ‘आइडिया’ निकालेको थियो ।

समितिको आइडियालाई प्रदेशसभाले समर्थन गर्छ गर्दैन त्यसका लागि भने प्रदेश सभाको अधिवेशनसम्म कुर्नुपर्ने देखिएको छ ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.