कुबेत नेपालडटकम,नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्ष अप्रिल १० तारिक आफनो चौथो सांगीतिक धमाका तथा छैटो औं बार्षिकत्सव कार्यक्रमको लागि नेपाल बाट आमन्त्रित बहु प्रसिद्ध गाएक voice of Nepal को कोच प्रमोद खरेल र गायिका योजना पुरी को साथमा नेपाली नयाँ वर्ष २०७७ को शुभकामना आदानप्रदान गर्ने समाजका अध्यक्ष राम लामाले कुबेत नेपालडटकम लाई जानकारी दिएको छन। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 16/12/2019
कुबेत नेपाल सरोकार समाजको चौथो सांगीतिक कार्यक्रमको लागि प्रमोद खरेल र योजना पुरी कुबेत आउदै।
अधिकृतको कमाइ साढे १० करोड !
दिलीप पौडेल
काठमाडौं – लेखापालबाट सरकारी सेवामा प्रवेश गरी उपसचिव पदमा पुगेका सरकारी कर्मचारीले कति कमाउलान् ? एक करोड, डेढ करोड या दुई करोड ? तपाईलाई पत्यार नलाग्ला सक्छ। तर भन्सारमा काम गर्ने एक अधिकृतले आफ्नो ३१ वर्षे सेवा अवधिमा साढे १० करोड रुपैयाँ कमाएका छन्। तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले १० करोड ५६ लाख ९१ हजार रुपैयाँ कमाएका हुन्। बस्नेतले तलबभत्ता, टिएडिए, विदेश भ्रमण, पुरस्कार, ओभर टाइम काम गरेरमात्र उक्त रकम कमाएका भने होइनन्। उनको वैध आम्दानी पौने दुई करोड रुपैयाँ भए पनि पदीय आचरणविपरीत गैरकानुनी रुपमा भ्रष्टाचार गरेर उक्त रकम कमाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन
३० मंसिर, काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा उनको उनको निधन भएको हो । स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै थियो । तर अस्पताल नपुर्याउँदै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
प्रदेश ५ को नाम लुम्बिनी राख्न सिफारिस
अमृता अनमोल
बुटवल — प्रदेश ५ को नाम लुम्बिनी राख्न सिफारिस गरिएको छ । प्रदेशको नाम तथा राजधानी तोक्न गठन गरिएको विशेष समितिले यस्तो सिफारिस गरेको हो । समितिको आइतबार बसेको बैठकले नाम सिफारिस गरे पनि प्रदेशसभालाई बुझाउने र सार्वजनीक गर्ने काम अझै गरेको छैन । समितिको सिफारिसलाई प्रदेश सभा बैठकको दुई तिहाइले पारित गर्नुपर्ने प्रावधान छ । डेढ वर्षअघि गठित समितिले नामको जिम्मेवारी पूरा गरे पनि राजधानी कहाँ भन्ने एकिन सिफारिस गर्न सकेको छैन । समितिले राजधानीका लागि रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगङ्गा र बुद्धभूमि तथा दाङको भालुवाङ, लमही गरी तीन स्थान सिफारिस गर्ने तयारी गरेको संसदीय विशेष समिति एक सदस्यले बताए । एकै ठाउँमा राजधानी तोक्दा विवाद आउने भएपछि यसो गरिएको उनको भनाइ छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार