१५ डिसेम्बर २०१९ कुबेत, बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको २०औं बार्षिकत्सव तथा ८औं अधिबेश यही आउदो आगामी डिसेम्बर महिनाको २० तारिक शुक्रबार २०१९ कुबेतको फर्वानिया स्थित युनिक अडिटोरियम हलमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको क्लवका खेलकुद बिभाग प्रमुख मोहन नाछिरिङ राईले मिडिया मार्फत जानकारी दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 15/12/2019
माउण्ट एभेरेष्ट स्पोर्टिङ क्लव काठमाण्डौ-कुवेतको २०औं बार्षिकत्सव तथा ८औं अधिबेशको तयारी पुरा।
Posted in सूचना, MESC गतिविधि
जनवरी १ देखि मलेसियामा अवैध बस्न नपाइने
काठमाडौं – आउँदो दुई सातापछि मलेसियामा कुनै पनि नेपाली अवैध रूपमा बस्न नपाउने भएका छन्। आफ्नो देशमा ठूलो संख्यामा नेपाली लगायत विभिन्न स्रोत मुलुकका श्रमिक अवैध रूपमा बसोबास गरिरहेको गुनासो बढेपछि मलेसियाले सरकारले आगामी जनवरी १ देखि उनीहरूविरुद्ध कडा कडा कदम चाल्ने तयारी गरेको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ। आउँदो जनवरी १ देखि अवैधानिक रूपमा बसेका आप्रवासीलाई कडाइ गर्ने तयारी गरेकाले मलेसिया सरकारले त्यसअघि नै उनीहरूलाई स्वदेश फर्कन अवसर दिएको छ। मलेसिया सरकारले घर फर्कने कार्यक्रमलाई ब्याक फर गुड (आममाफी) को नाम दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ जनाको मृत्यु
अनिश तिवारी
सिन्धुपाल्चोक — जिल्लाको सुनकोसी गाउँपालिका-६ मा आइतबार बिहान बस दुर्घटना भएको छ । दोलखाको कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा २ ख ४४६८ नम्बरको यात्रु बस अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडकको ६ किलोबाट खसेको हो । घटनास्थलमा रहेका प्रहरीले अहिलेसम्म १२ शव भेटिएको बतायो। ‘अहिलेसम्म १२ वटा शव भेटिएको छ, अरु खोजी कार्य भइरहेको छ,’ घटनास्थलमा रहेका जिल्ला ट्राफिक प्रहरी राधेश्याम जंगमले कान्तिपुरसँग भने। मृतकको सनाखत भएको छैन। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार