Daily Archives: 11/12/2019

को बन्ला सभामुख ?


उपसभामुख शिवमाया तुम्बाहाङ्फेले संसद्को हिउँदे अधिवेशन सुरू नहुादै ‘राजीनामा दिने’
बिनु सुवेदी
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को हिउँदे अधिवेशन आह्वान गरेसँगै नेकपाभित्र अब सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको छ । सभामुख निर्वाचनको विषयलाई अधिवेशनको पहिलो कार्यसूची बनाउने तयारीसहित भावी सभामुख’bout छलफल सुरु भएको हो । आउँदो पुस ४ गते हिउँदे अधिवेशन सुरु हुँदै छ । शक्ति सन्तुलन मिलाउने क्रममा दुई वर्षअघि सभामुख तत्कालीन माओवादीको भागमा पारिएको थियो । त्यसैले अहिले पनि सभामुख पद आफूहरूले नै पाउनुपर्ने पक्षमा पूर्वमाओवादी नेता छन् भने पूर्वएमालेहरू पार्टी एकीकरण भइसकेपछि पुरानो भागबन्डामा अल्झिन नहुने तर्क गरिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्