महिला फुटबलको फाइनल खेल पोखरा रंगशालामा दिनको १ बजे देखी


१३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलतर्फ आज नेपालले परस्पर प्रतिद्वन्द्वी भारतसँग स्वर्ण पदकका लागि फाइनल खेल्दैछ ।

फाइनल खेल पोखरा रंगशालामा दिनको १ बजे हुँदैछ ।नेपालले अहिलेसम्म सागको महिला फुटबलमा स्वर्ण जित्न सकेको छैन । गत संस्मरणको पनि फाइनलमा पुगेको नेपालले भारतसँगै हार बेहोरेको थियो । जारी प्रतियोगिताको लिग चरणमा पनि भिड्दा नेपाल १–० ले पराजित भएको थियो ।

नेपालले महिला फुटबलमा भारतलाई कुनै पनि खेलमा हराउन नसकेको नमिठो इतिहास छ । सोही इतिहासलाई तोड्ने आज अर्को अवसर पनि नेपाली चेलीहरुसँग छ ।साँच्ची नै नेपाली महिला फुटबल टोलीले आज इतिहास रच्दै स्वर्ण पदक जित्न सक्ला त ? त्यो भने आज पोखरा रंगशाला मै खेल शुरु हुनु नहुँदासम्म प्रतिक्षाको बिषय बनेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.