नयाँ दिल्लीस्थित खाद्यान्न बजारमा भीषण आगलागी, कम्तीमा ३५ को मृत्यु


नयाँ दिल्ली — भारतको राजधानी नयाँ दिल्लीस्थित रानी झाँसी रोडमा रहेको ‘अनाज मण्डी’ (खाद्यान्न बजार)मा भएको भीषण आगलागी हुँदा कम्तीमा ३५ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मिडियाका अनुसार आगलागी भएको स्थानबाट ५० जना बढीको उद्धार गरिएको छ ।

आइतबार बिहानै भएको आगलागी नियन्त्रणमा आइसकेको र सुरक्षा निकायका अधिकारीहरु आगलागीको कारण पत्ता लगाउनका लागि जुटेकको बताइएको छ ।

आगलागी नियन्त्रणका लागि सो क्षेत्रमा २५ वटा दमकल खटाइएको थियो । साघुँरो गल्लीमा आगलागी भएका कारण पनि उद्धार तथा आगो नियन्त्रण गर्न समस्या परेको अग्नी नियन्त्रकहरुले जानकारी दिएका छन् । अग्लो घरमा कागज र कपासका गद्दाहरु जलेका कारण धेरै धुँवा निस्किएको र त्यसैका कारण पनि धेरै हताहत भएको उनीहरुको दाबी थियो ।(कन्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.