शिवहरि घिमिरे
काठमाडौं – काठमाडौं उपत्यकामा घर भएका तथा उपत्यकाभित्र र बाहिर स्थानीय तहका केही प्रमुख प्रशासकीय अधिकृतले घरबाटै कार्यालय आउजाउ गरेको देखाएर नगएको दिनको पनि हाजिर गर्दै आएको पाइएको छ। विद्युतीय हाजिरी मेसिन बिगारेर उनीहरूले रजिस्टरमा हाजिर गर्ने गरेका छन्। ती अधिकृतहरूको मनोमानीका कारण सेवाग्राहीहरू मर्कामा परेका छन्। ती अधिकृतहरू दैनिक कार्यालय त जाँदैनन् नै, गएका दिन पनि ढिलो गरी पुग्ने र समय सकिनुअगावै निस्कने प्रवृत्तिका कारण सेवाग्राही मात्र होइन, मातहतका कर्मचारीले समेत हैरानी बेहोर्दै आएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 08/12/2019
बेथितिको अखडा बन्दै स्थानीय सरकार
Posted in विविध
चितवन अटो दुर्घटना : पाँच जनाको मृत्यु
काठमाडाैं, २२ मंसिर । चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ मा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पूर्वी चितवनको भण्डाराबाट करिव २ किलोमिटर उत्तरतर्फ चेपाङ मार्गमा हिजो साँझ ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुादा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृत्यु भएका चार जनाको सनाखत भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
‘भ्वाइस अफ नेपाल’ को उपाधि राम लिम्बुलाई
काठमाडौं : ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनको उपाधि राम लिम्बुले जितेका छन्। शनिबार काठमाडौंको चुच्चेपाटीमा भएको ग्राण्ड फिनालेमा उनले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’को उपाधि जितेका हुन्। अन्तराष्ट्रिय फ्रेनचाइज शो ‘द भ्वाइस’ को बिजेता लिम्बुले १२ लाख नगद, डाटसन रेडी गो कार र १५ लाख बराबरको भिडियो एल्बम र विश्व सांगीतिक यात्राको अवसर पाएका छन्। गत शुक्रबार राति सम्पन्न सेमीफाइनलबाट ८ जनाको प्रतिष्पर्धात्मक शोबाट उत्कृष्ट चार जना फाइनलमा चरणमा प्रवेश गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
नयाँ दिल्लीस्थित खाद्यान्न बजारमा भीषण आगलागी, कम्तीमा ३५ को मृत्यु
नयाँ दिल्ली — भारतको राजधानी नयाँ दिल्लीस्थित रानी झाँसी रोडमा रहेको ‘अनाज मण्डी’ (खाद्यान्न बजार)मा भएको भीषण आगलागी हुँदा कम्तीमा ३५ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मिडियाका अनुसार आगलागी भएको स्थानबाट ५० जना बढीको उद्धार गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार