पछिल्लो समयमा नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गायिका कुसुमकुमारी गुरुङ ले यस अघि पनि निकै नै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भैसकेका छन्। कुसुमकुमारी गुरुङको प्रस्तुतिमा रहेको नयाँ गीत ‘सुनमाया’ बोलको गीत गायकी छिन्। निकै मार्मिक उक्त म्युजिक भिडियो लाई आफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ।
पूर्वसभासद मधु गुरुङको शब्द तथा सङ्गीत रहेको सुनमाया गीतसँगै कुसुमले करिब डेढ दशकपछि साङ्गीतिक क्षेत्रमा पुनरागमन गरेकी हुन्।सुजना गुरुङको अभिनय रहेको गीतको म्युजिक भिडियोमा मकालु, अरुण, सभाखोला, खाँदबारी, चिचिलाका सुन्दर दृश्यहरू समावेश छन्। प्रितम गुरुङको निर्देशन रहेको गीतको भिडियोमा सन्तोष गुरुङको छयाङ्कन तथा कोरियोग्राफी रहेको छ।
यसअघि गायिका कुसुमले वि.सं. २०६१ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरी २०५२ सालमा श्रद्धा डिजिटलबाट ‘भीरमाथिको गाउँ’ नामक लोकदोहोरी एल्बम ल्याएकी बजारमा ल्याएकी थिइन्।सानै उमेर देखी गीत संगीतमा रुची राख्दै आएका गायिका कुसुम गुरुङ नेपालको नेपाली समाजमा आयोजित हरेक सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुती हरु दिदै आएको छ।