कुबेत नेपालडटकम
२ डिसेम्वर कुबेत,ईसाई धर्मावलम्बिहरुको सबैभन्दा महान पर्व क्रिष्टमस आउन अब केही दिन मात्र बाँकी छ । हरेक बर्ष २५ डिसेम्बरलाई प्रभु यशुको जन्मदिन मानी ईसाई धर्ममा आस्थावानहरुले उक्त दिनलाई बडादिन या क्रिष्टमस भनेर मनाउने प्रचलन छ।
आफ्नो धार्मिक परम्परा र संस्कृतिलाई दिगो राख्न र जगेर्ना गराउन युरोप र अमेरिकी मुलका मात्र नभई संसारका हरेक कुनामा रहेका ईसाईहरु यस पर्वलाई मनाउन आतुर देखिन्छन भने कुवेतमा पनि न्यू भिजन नेपाली मण्डली कुवैतले यही आगामी २५ डिसेम्वर २०१९ बुधबारको दिन कुबेतको मङ्गाफ स्थित आफनै साप्त्तहिक संगीती हलमा भव्यतापूर्वक क्रिष्टमस मनाउने पास्टर तुल बहादुर गुरुङले मिडिया मार्फत जानकारी दिएको छ।
उक्त दिन हुने कार्यक्रममा प्रभुमा आस्था राख्ने कुबेतमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनु आयोजक न्यू भिजन नेपाली मण्डली कुवैत मङ्गाफ साथै (पास्टर तुल बहादुर गुरुङले) अनुरोध गरेको छ। उक्त दिन हुने कार्यक्रममा भोजनको साथै यातयातको पनि ब्यवस्था गरिएको छ।
कार्यक्रम: ईसाई धर्मावलम्बिहरुको महान पर्व क्रिष्टमस
मिति : २५ डिसेम्वर २०१९ बुधबार
स्थान :आफनै साप्त्तहिक संगीती हल( Block No-Street No-22 Building No ६८)एम टू होटेल पछाडी यानी पापा जोन रेस्टूरेन्ट रोड(छाप्र मस्जित पछाडी मङ्गाफ
समय : दिनको ठिक 2:30 बजेदेखी
आयोजक :न्यू भिजन नेपाली मण्डली कुवैत मङ्गाफ
सपर्क न:- पास्टर तुल बहादुर गुरुङ -00965,66927881,99680240
डिकन जोन मगर-00965-60414175