प्रधानमन्त्री ओली अस्पताल भर्ना


१० मंसिर, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । परीक्षणका क्रममा चिकित्सकले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १२ वर्षअघि प्रत्यारोपण गराएको मिर्गौलामा समस्या देखिएको छ । शरीरमा बढेको एन्टिबडी कम गर्न केही महिनाअघि सिंगापुरमा उनको प्लाज्मा फेरेसिस् गरिएको थियो ।

पछिल्लोपटक भने राजधानीको ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिँदै आएको छ । हालसम्म उनको चारपटक डायलासिस भएको छ ।

मिर्गौलाका बिरामी प्रधानमन्त्रीको स्वास्थ्यमा अहिले देखापरेको समस्या’bout केही खुलाइएको छैन । अस्पतालले उनको स्वास्थ्य परीक्षण भइरहेको जनाएको छ ।(अन्लाईनखबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.