कुवेत । नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेतले नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रिय उपाध्यक्ष बिदुर कार्कीको आतिथ्यमा अन्तरक्रिया गर्ने भएको छ ।
जिफन्ट कुवेतले आउँदो नोभेम्बर २९ शुक्रवार कुवेतमा कार्यरत नेपाली श्रमिकहरुका समस्याको ’boutमा बृहत अन्तरक्रिया गर्ने नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेतका अध्यक्ष गणेश रावतले कुबेत नेपालडटकम लाई जानकारी दिएको छ।
अन्तरक्रियामा कुवेतमा कार्यरत नेपाली श्रमिकहरुका समस्या पहिचान र समाधानका बिषयमा गम्भीर छलफल हुने बताइएको छ ।अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको आयोजकले बताएको छ ।
कार्यक्रममा कुवेतमा क्रियाशील संघसंस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायतलाई निमन्त्रणा गरिसकिएको आयोजकले बताएको छ । कारणबस निमन्त्रणा नपुगेको खण्डमा यसै समाचारलाई आधार मानेर उपस्थित भैदिन भनिएको छ । साथै कार्यरत नेपाली श्रमिकहरुको उपस्थितीको लागि अनुरोध गरिएको छ ।
कार्यक्रम खेतानको राजधानी रेस्टुरेन्टमा बिहानको ११ बजेबाट हुनेछ ।
कार्यक्रम हुने-
मिति:- नोभेम्बर २९ शुक्रवार (२०१९)
स्थान:- राजधानी रेस्टुरेन्ट, खेतान
समय:- बिहानको ठिक ११ बजे