तमुहरु (गुरुङ) को मौलिक आफ्नो भेषभुषा , भाषा ,धर्म ,संस्कार, कला ,संस्कृति, पराम्परा र पहिचान लाई संरक्षण,सम्बर्द्धन,प्रबर्द्धन र बिकासको मुख्य उद्देश्यका साथ प्रवास युएईमा स्थापित तमु समाज युएईले प्रत्येक बर्ष झैं यस बर्ष पनि तमु समुदायको मौलिक महान पर्व तमु च्यु (मुसा वर्ग) ल्होसारको सुखद अवसरमा आगामी २०२० जनवरी १० तारिख शुक्रबार अबुधाबी मलयलम समाजम क्लब मुसाफा (K.M.Treading पछाडी ),अबुधाबी युएईमा भव्यताका साथ तमु च्यु ल्होसार (मुसा बर्ग) मनाउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 25/11/2019
तमु समाज युएईले गायक मनोज गुरुङ र बुगि उगिका बिजेता कविता नेपालीको साथ तमु च्यु ल्होसार आउदो जनवरी १० मा मनाउने।
प्रवासी भुजेल समाज युएईले चौथो अधिवेशन एवं उधौली पर्व मनाउदै ।
युएईरोजगारिको शिलशिलामा युएईमा श्रमशिल भुजेलहरुको साझा संस्था “प्रवासी भुजेल समाज सेवा समिती युएई” को चौथो अधिवेशन तथा आफ्नो मौलिक सांस्कृतिक पर्व उधौली आगामी १३ डिसेम्बर २०१९ का दिन युएईको वरदुबई स्थित सिल्भर स्पुन रेष्टुरेन्टको सभा कक्षमा भव्यताका साथ मनाउने भएकोछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
८३ वर्षमा कहाँ पुग्यो नेपालको उद्योग ?
नवीन ढुंगाना
९ मंसिर, काठमाडौं । सरकारले आज विविध कार्यक्रम गरी पाँचौँ उद्योग दिवस मनाउँदै छ । १९९२ मंसिर ९ गते नेपालमा पहिलोपटक उद्योग परिषद स्थापना भएको दिनलाई स्मरण गर्दै २०७२ सालदेखि यो दिवस मनाउन थालिएको हो । २०७१ साल चैत २० गते मन्त्रिपरिषद बैठकले मंसिर ९ गतेलाई उद्योग दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । ‘उद्योग र पूर्वाधार समृद्धिको आधार’ भन्ने नाराका साथ सरकारले यो वर्षको उद्योग दिवस मनाउँदै छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश विजी बिजयी
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नयाँ अध्यक्षमा गीतकार रमेश विजी बिजयी भएका छन्। बिजीले निकटतम प्रतिद्धन्द्धी बिष्णु खत्रीलाई ३९ मतले पराजीत गर्दै प्रतिष्ठानको सातौँ अध्यक्षमा बाजी मारेका हुन् । विजीसँग पराजित भएका गायक खत्री यसअघि दुईवटा महाधिवेशनमा चन्द्र शर्मा र बद्री पँगेनीसँग पराजित भएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
जिफन्ट कुवेतले आगामी नोभेम्बर २९ शुक्रवार अन्तरक्रिया कार्यक्रम गर्दै
कुवेत । नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेतले नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रिय उपाध्यक्ष बिदुर कार्कीको आतिथ्यमा अन्तरक्रिया गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना
काभ्रे सेवा समाज युएईले यहि आउदो २९ नोभेम्बर २०१९ शुक्रबारको दिन बृहत सांस्कृतिक गर्दै ।
काभ्रे सेवा समाज युएईले चौथो अधिवेशनको अवसर पारेर अनाथ बालबालिकाको लागी काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम – २०१९ यहि आउदो २९ नोभेम्बर २०१९ शुक्रबार युएईको दुबई स्थित एभरेस्ट क्लब वर दुबईमा आयोजना गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन