कुबेतको माबुल्ला स्थित खेल मैदानमा हिजो २२ नोवेम्बर BEC एक्सचेंज कुवेतद्वारा आयोजित खुल्ला पुरुष भलिवल खेल एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ ।
१६ सशक्त नेपाली टिमहरुले सहभागीता जनाएको खेलमा जसबाट आफ्ना निकट्तम प्रतिश्पर्धी टिमहरुलाई पराजित गर्दै गण्डकी प्रदेश,टिम र BEC एक्सचेंज टिम फाईनल प्रबेस गरेका थिए। फाईनल खेलमा गण्डकी प्रदेश,टिमले BEC एक्सचेंज टिम लाई पराजित गर्दै बिजेताको उपाधी चुमेको थियो भने BEC एक्सचेंज उप-बिजेताको उपाधी हासिल गरेको थियो।भने इन्डियन टिम ले तेस्रो स्थान हासिल गरेको थियो ।
आयोजकले प्रथम हुने टिम गण्डकी प्रदेश र दोस्रो हुने टिम BEC एक्सचें दुबै टिमलाई नगद, मेडल, ट्रफि, पुरस्कार प्रदान गरेको थिए भने साथै प्रतियोगिता कै बेस्ट खेलाडि, रेफ़्रीहरु लाई पनि मायाको चिनो सहित मेडल, सम्मान गरेका जानकारी BEC एक्सचेंज marketing manager डम्बर गुरुङ ले कुबेत नेपालडटकम लाई जानकारी दिएको थियो।
BEC एक्सचेंज कुवेतद्वारा आयोजित खुल्ला भलिबल प्रतियोगिता मा निःशुल्क भाग्य चिठ्ठा ३२ इेन्च को कलर टिभी को ब्यस्ठा पनि गरेको थियो। १६ टिमले सहभागिता जनाएको उक्त प्रतियोगिता एकदमै भब्य र सब्य रुपमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएकोमा खुसि गर्दै आयोजक BEC
एक्सचेंजले अब आउदो दिनहरु मा पनी यसरी नै खुल्ला भलिबल प्रतियोगिता गर्ने जानकारी दिएको थियो ।