युग लामा- हिजो शुक्रबार फर्वानिया स्थित नेपाल तामाङ घेदुङ कुवेतको नवौ वार्षिकोत्सव तथा तेस्रो एतिहासिक अधिवेसन भव्य र सभ्य रुपले सम्पन्न भएको छ ।
निर्धारित समयमा सुरु भएको उक्त कार्यक्रम राष्ट्रिय गान बजाए सुरु भएको थियो । नवौ वार्षिकोत्सव तथा तेस्रो ऐतिहासिक अधिवेसन कार्यक्रम नेपाल तामाङ केस राम लामा, तामाङ घेदुङ कुवेतको सम्रक्षक राजेन्द्र तामाङ, अध्यक्ष सुरेश ग्याबा, सरोकार समाजका अध्यक्ष राम तामाङ, ट्याक्सी ब्याबसायी संघको अध्यक्ष सुनबहादुर तामाङ लगायतका अथितिहरुले केक काटेर उद्घाटन गरेका थिए ।
आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत लोप्चन, नेपाली समाज कुवेतका अध्यक्ष निर्मल स्याङ्तान, सरोकार समाजका अध्यक्ष राम तामाङ लगायतका ब्यक्तित्वहरुले शुभकामना मन्तब्य राखेका थिए ।नेपाल तामाङ घेदुङ कुवेतको नवौ वार्षिकोत्सव तथा तेस्रो ऐतिहासिक अधिवेसनले आगामी २ बर्षको लागि सुरेश ग्याबालाई अध्यक्ष र कृष्ण बहादुर सिङ्तानलाई महासचिबमा चयन गर्दै ४५ सदस्यीय मुल कार्य समिती सर्बसहमत चयन गरेका छन ।
कार्यक्रमलाई भव्य र सभ्य रुपले सफल पार्न कुवेतको विभिन्न स्थानबाट तामाङ दाजुभाई तथा दिदि बहिनिहरुको उपस्थिती निकै रहेको थियो ।कार्यक्रम सफल पार्न महत्वपुर्ण भुमिका निर्वाह गर्नु हुने नेपाल तामाङ घेदुङ कुवेतका अग्रजहरु ,निर्वाचन मण्डल, बन्द सत्र संयोजक समिति कार्यक्रमलाई संगितमय माहोल बनाउनु भएको नेपाल तामाङ संसकृति घेदुङका कलाकार, सफल पार्नको निम्ति अार्थिक भौतिक नैतिक रुपले सहयोग गर्नु हुने सहयोगी दाताहरु ,मिडिया कर्मी पत्रकारहरु, अतिथीगनहरुलाई हार्दिक बधाई तथा धन्यवाद समेत ग्यापन गरेका थिए । कार्यक्रम सन्चान महासचिब कृष्ण सिङ्तान गरेका थिए भने दिल कुमार पाख्रिनले स्वागत मन्तब राखेका थिए । सुरेश ग्याबाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।