३० कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विमल घर्तीमगर र अञ्जन विष्टसहित चार खेलाडीलाई राष्ट्रिय फुटबल टिमबाट हटाएको छ । विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्ने टोलीमा परेका बिमल, अञ्जनसँगै दिनेश राजवंशी र सन्तोष तामाङलाई एन्फाले कारबाही गरेको हो । चारै जना भुटान जानु अघिल्लो रात शुक्रबार राति ठमेलको नाइट क्लबमा पुगेका थिए ।

अनुशासन उल्लंघन गरेका उनीहरुलाई तत्काल टिमबाट निकालिएको र थप कारबाही ’bout एन्फाको आगामी बैठकले निर्णय लिने प्रवक्ता किरण राईले बताए । उनले भने, ‘ठमेलको नाइट क्लबमा गएर मातिएको अवस्थामा भेटिएपछि विमल, अञ्जन, दिनेश र सन्तोषलाई टिमबाट तत्कालको लागि हटाइएको छ ।’

नेपाली टिम शनिबार (आज) कुवेतविरुद्ध खेल खेल्न भुटान जाने कार्यतालिका थियो ।

नेपालले मंसिर ३ गते कुवेतविरुद्ध खेल्दैछ ।

तर चार खेलाडी टिमबाट निकालिँदा कुवेतविरुद्ध हुने खेल समेत प्रभावित हुनेछ । किनकी कारबाहीमा परेका चारै खेलाडी नेपाली टोलीको पहिलो रोजाईका सदस्यहरु हुन् ।

एन्फा प्रवक्ता राईले पनि त्यसलाई स्वीकार गरे । उनले भने, ‘यसले टिममा निकै ठूलो असर पारेको छ । तर हामीसँग अन्य खेलाडी पनि एकसेएक छन् ।’

चार जना खेलाडीलाई टिमबाट हटाएर सुबास गुरुङलाई टिममा समावेश गरिएको छ ।(अन्लाईनखबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.