१५,कुवेत।राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम आज कुवेत स्थित पपिन्स हलमा सम्पन्न भएको छ।
बिष्णु सुनारको सभापतित्वमा गरिएको कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतावासबाट महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी, बिशेष आतिथिमा पत्रकार महासंघका महासचिव आनन्द आचार्य, जनसम्पर्क समितिका सभापति राजेन्द्र बिरही, सुदुर पशिचमका अध्यक्ष निरुमाया खड्का लगायत अतिथिमा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु रहेका थिए ।
उपस्थित पाहुनाहरुलाइ मन्तब्यद्वारा स्वागत संस्थाका उपाध्यक्ष शुरेश सुन्चिउरीले गरेको उक्त कार्यक्रमको संचालन प्रसाद तिमसिनाले गरेका थिए।लालीगुराँश साँस्कृतिक परिवार कुवेतको मातहतमा रहेर बिगत केहि वर्ष अघि देखि यस राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतले आफ्ने कला , धर्म , सँस्कृतिलाई जगेर्ण गर्दै आफ्ना रिति रिवाजलाइ निरन्तता दिदै बिभिन्न सांस्कृतिक संस्था , सामाजिक संस्था , राजनीतिक संस्थाका साथै नेपाली दुतावासबाट हुने बिभिन्न कार्यक्रमहरुमा पन्चे बाजा बजाउदै आई रहेता पनि “कला सांस्कृतिक हाम्रो शान पन्चेबाजा राष्ट्रिय पहिचान” भन्ने मुल नाराका साथ अझै आगामी दिनमा पनि सक्रियताका साथ यस कुवेत नगरीमा रहेका सबै संघे संस्थासंग सहकार्य र हातेमालो गर्दै जाने भन्दै राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको स्थापना गरेको आयोजकले बताएको छ।
नेपाली राष्ट्रिय गानाको गुञ्जनबाट शुरु गरिएको कार्यक्रममा सभापति, प्रमुख अतिथि, बिशेष अतिथिहरुको सामुहिक रुपमा दिप प्रज्वलन गरे लगातै शुभकामना मन्तब्य प्रमुख अतिथि महामहिम राजदुत दुर्गाप्रसाद भण्डारी, पत्रकार महासंघका महासचिव आनन्द आचार्य, मोरङ सुनसरी समाजका अध्यक्ष अरुण लिम्बु,सुदुरपश्चिमेली नेपाली समाज कुवेतका अध्यक्ष निरुमाया खड्का , सुदुरपश्चिमेली नेपाली समाज कुवेतका संरक्षक अमर खड्का, परदेशी खबर डटकमका प्रधान सम्पादक नैनकला राई, किराया कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राई, लालीगुराँश सांस्कृतिक परिवारका अध्यक्ष माधव पौडेल, जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरहि, नमूना विश्वकर्मा कुवेतका सल्लाहाकार मस्त बहादुर बिक, हाम्रो संचार डट कमका प्रधान सम्पादक प्रदीप नेपाली, लालीगुराँश सांस्कृतिक परिवार कुवेतका संरक्षक बिबि मल्ल ठकुरीले दिएका थिए। कार्यक्रमको बिचबिचमा कलाकारहरुले गित र नृत्य मार्फत मनोरन्जन दिलाएका थिए साथै सहयोगि दाताहरु र कार्य समितिका पदाधिकारिहरुलाइ प्रमाण पत्र वितरण गरिएको थियो ।
हिंजो सम्पन्न प्रथम अधिवेशनबाट चयन भएका कार्य समिति यस् प्रकार छन्
१, अध्यक्ष बिष्णु सुनार
२, उपाध्यक्ष सुरेश सुन्चिउरी
३, उपाध्यक्ष ललित बराल
४, महासचिव बाबू मल्ल ठकुरी
५, सचिव रबि परियार
६, सह सचिव पृन्स रसाइली
७, कोषाध्यक्ष मधुसुदन न्यौपाने
८, सह कोषाध्यक्ष दिपक पोखरेल
९, महिला प्रमुख सपना थापा
१०, महिला संयोजक रोश्नी परियार
११, संगठन प्रमुख प्रदिप आशिके
१२, सदस्यहरु सरोज सुन्चिउरी, देबि थापा