Daily Archives: 17/11/2019

जनवरी ३ मा तमू प्ये ल्हु संघ कुवेतले अतिथि कलाकार सविना गुरुङ साथमा तमू च्यु ल्होसार मनाउदै


नोवेम्बर १७ कुबेत, तमू समुदायको मौलिक भेषभुषा, भाषा, धर्म, कला, संस्कार, संस्कृति र पराम्पराको जगेर्ण र निरन्तरता गर्ने मुख्य उदेश्यका साथ प्रवास कुबेतमा स्थापित तमु प्ये ल्हु संघ शाखा कुवेतले प्रत्येक बर्ष झैं यश बर्ष पनि तमु समुदायको मौलिक महान पर्व तमु फो- ल्हो (मृग वर्ग) लाई बिदाइ गर्दै आगमन तमू च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै तमू च्यु ल्होसार (मुसा वर्ग) आगामी २०२० जनवरी ०३ तारिख शुक्रबार दिन कुबेतको खैतन स्थित राजधानी प्यालेस रेस्टुरेन्ट को सभा हलमा अतिथि कलाकार सविना गुरुङ को साथमा भव्य रुपमा मनाउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्


३० कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विमल घर्तीमगर र अञ्जन विष्टसहित चार खेलाडीलाई राष्ट्रिय फुटबल टिमबाट हटाएको छ । विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्ने टोलीमा परेका बिमल, अञ्जनसँगै दिनेश राजवंशी र सन्तोष तामाङलाई एन्फाले कारबाही गरेको हो । चारै जना भुटान जानु अघिल्लो रात शुक्रबार राति ठमेलको नाइट क्लबमा पुगेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न अध्यक्षमा बिष्णु सुनार


१५,कुवेत।राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम आज कुवेत स्थित पपिन्स हलमा सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

ब्रेन ट्युमर भएकी पिडित सबिना तामाङ लाई कुबेत बाट (नेपाली १ लाख ७१ हजार रुपैयाँ) आर्थिक सहयोग।


कुवेत, 17 नोवेम्बर : सेवा नै धर्म, नेपाल गोर्खाकी सबिना तामाङ हाल टिचिङ हस्पिटलमा ब्रेन ट्युमर रोग संग लडिरहेका छन। आफनो घरमा आर्थिक अबस्था अत्यन्तै नाजुक कमजोर भएको ले उपचार गर्नको लागि धेरै खर्च लग्ने भएकोले सहयोग को लागि अपिल गर्नु भएको थियो। सेवा नै धर्म हो भन्दै पीडितलाई उपचारमा मद्दत पुगोस भन्ने उद्देश्यले नेपाल कुवेत सरोकार समाज कुवेतले कुबेतमा पनि सबिना तामाङ को उपचारको लागि अभियान चलाएको थियो। उक्त अभियानमा कुबेतमा बसोबास गर्दै आएका नेपाली दाजु भाई तथा दिदी बहिनी हरुले गरेको आर्थिक सहयोग टोटल संकलित रकम (१,७१००० नेपाली १ लाख ७१ हजार रुपैयाँ पिडित तामाङ को बुवा मिन बहादुर तामाङ लाई एक कार्यक्रमको साथमा हस्तान्तरण गरीयको नेपाल कुवेत सरोकार समाज कुवेतका अध्यक्ष राम तामाङले जानकारी गराएका छन। पढ्नेक्रम जारी राख्नुहोस्