नेपालसँगको वैदेशिक व्यापारमा बंगलादेश ‘अनुदार’


नवीन ढुंगाना
२८ कात्तिक, काठमाडौं । केही वर्ष पहिले बंगलादेशमा निर्यात गर्ने उद्देश्यले एक नेपाली औषधि कम्पनीले बंगाली नागरिकसँगै सहकार्य गरेर त्यहाँ उत्पादन नहुने औषधि नेपालमा उत्पादन सुरु गर्‍याे । आफ्नो देशमा उत्पादन नभएको औषधि आयात गर्न पाइने बंगलादेशको कानून छ । उद्योगले औषधि उत्पादन थालेपछि नेपालबाट निर्यातका लागि प्रयास गरियो । तर बंगलादेशले अनेक बहाना बनाएर नेपाली औषधि आफ्नो देश निर्यात गर्न नदिएको ती व्यवसायी बताउँछन् । नेपालको वाणिज्य मन्त्रालयले समेत औषधि निर्यातका लागि विभिन्न बैठकमा बंगाली पक्षसँग छलफल गरेको थियो ।

नेपाली औषधि निर्यात’bout पहल गरेका तत्कालीन वाणिज्य सचिव रवि शंकर सैजु सम्झन्छन्, ‘हुँदैन भनिएन, तर प्रक्रिया अघि नबढाइ दुई वर्षसम्म नेपालमा उत्पादित औषधि आयात गर्न बंगलादेशले आनाकानी गरिरह्यो ।’

दुई वर्षपछि बंगालादेशले जवाफ दियो– यस्तो औषधि उत्पादन गर्ने कम्पनी स्वदेशमै भएकाले विदेशबाट आयात गर्न पाइन्न । एउटै प्रकारको औषधि वा वस्तु उत्पादन गर्ने दुई वटामात्रै कम्पनी आफ्नो मुलुकमा भए सो विदेशबाट आयात गर्न नपाइने वाणिज्य कानून उनीहरूले देखाए ।

दुई वर्षपहिल्यैचाहिँ यो कुरा किन नभनेको ? भन्ने नेपाली पक्षको प्रश्नमा बंगालीको जवाफ आएन । त्यसपछि नेपाली पक्षले बंगालीले किन झुलाए भनेर पृष्ठभूमि अध्ययन गर्यो ।
सरकारी अध्ययन अनुसार, नेपालमा उत्पादन हुने औषधि खोल्ने कारखाना आफ्नै देशमा स्थापना नहुँदासम्म दुई वर्ष बंगाली पक्षले नेपालीलाई झुलाएको रहेछ । जब उनीहरूले त्यहाँ उद्योग खोले, बल्ल यता अस्वीकृतिको जवाफ दिए ।

हाल बंगालदेशबाट नेपालमा १२ प्रकारका औषधि निर्यात हुन्छन् तर नेपालबाट अझै पनि सो मुलुकमा औषधि निर्यात हुन सकेको छैन । औषधि त एउटा उदाहरण मात्रै हो । यस्ता कैयौं वस्तुहरू छन् ।

नेपालभन्दा १५ करोड बढी जनसंख्या भएको बंगलादेश व्यापारिक दृष्टिले नेपालका लागि सम्भावना बोकेको देश हो । तर अहिलेसम्म यसको फाइदा नेपालले लिन सकेको छैन । वाणिज्य व्यापारको क्षेत्रमा लामो समय काम गरेकाहरू व्यापार गर्न अप्ठ्यारो मुलुकमा बंगलादेशलाई चित्रण गर्छन् ।

दोस्रो नजिकको राजधानी सहर

नेपाल र बंगलादेशको राजधानीबीचको दूरी १२ सय किलोमिटर मात्रै छ । काठमाडौंबाट थिम्पुपछि दोस्रो नजिकको राजधानी सहर हो, ढाका । पूर्वी नेपालको काँकडभिट्टाबाट ढाका र काठमाडौंको दूरी बराबर छ ।

काँकडभिट्टा र बंगलादेश बोर्डरको दूरी त झन् ४४ किलोमिटर मात्रै छ । एसियन मापदण्डको चार लेनको राजमार्गले यो दूरी ३६ किलोमिटरमा घटेको छ । नेपालको काँकडभिट्टाबाट फूलबारी हुँदै बंगलादेशको सीमा नाका बंगलाबन्ध पुग्न सवारी साधनलाई ४० मिनेटमात्रै लाग्छ ।

मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालका अनुसार सडक पूर्वाधारका कारण नेपाल र बंगालादेशको व्यापारमा कुनै कठिनाइ छैन । कठिनाइ त एउटै छ, त्यो हो– नेपालसँगको द्विपक्षीय सहमति बंगलादेशले पालना गर्दैन ।

बंगलादेशको बेवास्ता

बंगलदेशबाट स्थलमार्ग हुुँदै नेपाल आउन चाहने बंगालीहरूले नेपालको काँकडभिट्टा नाकामै अनअराइभल भिसा पाउँछन् । बंगलादेशको तुलनामा नेपालको भिसा शुल्क पनि सस्तो छ । बंगलादेशले निर्यात गरेका वस्तुहरूको भन्सार महसुल र जाँच पास पनि सस्तो र छरितो छ । तर बंगालादेशी भन्सारमा यस्तो सुविधा छैन ।

बंगलादेशले इन्टरनेट नभएको कारण देखाएर बंगलाबन्धबाट अनअराइभल भिसा जारी नगरेको मेची भन्सार प्रमुख टेकबहादुर अर्याल बताउँछन् । अर्कोतर्फ बंगलादेशको भिसा शुल्क १२ हजारभन्दा बढी छ । बस्नेतका अनुसार बंगलादेशले आयात प्रतिस्थापनका लागि कृषिजन्य वस्तुमा ९० प्रतिशतसम्म भन्सार महसुल लगाउने गरेको बस्नेत बताउँछन् ।

नेपालबाट निर्यात हुने अम्रिसोको कुचोमा बंगालादेशले ७५ प्रतिशत भन्सार महसुल लगाउने गरेको छ । यस्ता धेरै नेपाली कृषि उत्पादनहरू छन् जसमा बंगालादेशले अत्यधिक भन्सार लिन्छ । जसले गर्दा नेपाली व्यवसायीहरू निर्यात गर्न उत्साहित छैनन् ।

नेपालमा उत्पादित करिब १ सय ८ वस्तुमा बंगलादेशले भन्सार सुविधा दिने सहमति जनाए पनि कार्यान्वयन गरेको छैन । सहुलियतपूर्ण व्यापार सम्झौता (पीटीए) गर्ने कुरामा पनि बंगलादेशले थप सुविधा मागेर रोकिएको छ । एचएस कोड परिमार्जन तथा संख्या घटाउनेजस्ता कैयौं सहमति अझै कार्यन्वयन हुन नसकेको वाणिज्य मन्त्रालयको भनाइ छ ।

नेपालको बाटो

बंगलादेशले नेपालका लागि गर्ने व्यापारको प्रकृति हेर्दा उसले नेपाललाई प्राथमिकतामा राखेको नदेखिने मेची भन्सारका प्रमुख टेकबहादुर अर्याल बताउँछन् । अनेकन भन्सार सुविधा प्रयोग गरेर बंगालादेशले नेपालमा कम गुणस्तरको सामान निर्यात गरिरहेको उनको भनाइ छ । नेपाली पक्षले अडान बढाउँदै लगेका कारण जुसजस्ता वस्तुको आयात रोकिए पनि अझै कमसल वस्तुको आयात नरोकिएको उनले बताए ।

‘बंगलादेशको भन्सार महसुल तथा नेपालीले पाउने सुविधा’bout सरकारको नेतृत्व तहमा सहमति गर्नुको विकल्प छैन,’ बस्नेतले भने । यसका अलावा नेपाली वस्तुको पनि गुणस्तर र लेबलको मापदण्ड बढाउन भने जरुरी भएको उनको भनाइ छ ।

दुई मुलुकबीचको ४७ वर्ष देखिको मित्रवत् सम्बन्ध द्विपक्षीय हितमा हुनुपर्ने पूर्व वाणिज्य सहसचिव रवि शंकर सैजु बताउँछन् ।

‘दुई देशबीच व्यापारका अपार सम्भावना छन्, तर भएका सहमति कार्यान्वयनमा राजनीतिक तहबाट निचोड निकालिनुपर्छ,’ उनले भने ।

नेपाल र बंगलादेश व्यापार अभिवृद्धिका लागि दुवै मुलुकले प्रशासकीय चुस्ततादेखि नै काम थाल्नु पर्ने अर्थविद् डा.अच्युत वाग्ले बताउँछन् । नेपाल बंगलादेश व्यापारमा भारतको भूमिका पनि निर्णयक हुने भएकाले पारवहनदेखि सबै विषयमा त्रिदेशीय समझदारी गरेर अघि बढ्नुपर्ने उनको मत छ ।

भारतको चाहनामा अघि बढाउन लागिएको त्रिदेशीय मोटर भेकल समझदारीले बंगलादेशसँग जोडिने नेपालको चाहनामा इँटा थप्ने उनी बताउँछन् ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद अहिले नेपाल भ्रमणमा छन् । भ्रमणमा दुई देशबीच व्यापारिक सम्बन्ध बढाउने खासै एजेन्डा भने नेपालबाट प्रस्तुत भएका छैनन् । यसबाट तत्कालै बंगलादेशसित नेपालले आफ्नो निर्यात प्रवद्र्धन गर्न कुनै बाटो खुल्ने देखिँदैन ।(अन्लाईनखबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.