अनशनरत डा. केसीलाई स्थानान्तरण गर्न व्यापक सुरक्षाकर्मी परिचालन


काठमाडौं : ६ दिनदेखि डडेलधुरामा अनशनरत डा. गोविन्द केसीलाई अनशनस्थल छोड्न प्रहरीले दबाबदिएको छ । सोमबार बिहानैदेखि सादा पोशाकका प्रहरीहरु आई केसीलाई अनशन छोडाउन र काठमाडौं लैजानका दबाब दिएको अनशनस्थलमा रहेका डा. केसीका भाइ किशोर केसीले जानकारी दिए । किशोरका अनुसार अस्पतालमा व्यापक सुरक्षाकर्मी परिचालन गरी केसीलाई स्थानान्तरणको प्रयास गरिएको छ । केसीका समर्थकले प्रहरी हस्तक्षेपको विरोध गर्दै उनलाई स्थानान्तरण नगर्न आग्रह गरेका छन् । अहिले डडेलधुरा अस्पताल तनावग्रस्त छ।

चिकित्सा शिक्षामा सुधारको माग राख्दै १६औं पटक अनशन बसेका केसीको सोमबार छैटौं दिन हो । चिकित्सकका अनुसार केसीको स्वास्थ्यअवस्था नाजुक भएको छ । केसीको पिसाबबाट प्रोटिन गएकाले मिर्गौलामा असर पर्ने डडेलधुरा अस्पतालका निमित्त प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ड डा. जितेन्द्र कँडेलले बताए ।

डडेलधुरा अस्पतालले केसीको स्वास्थ्यअवस्था निकै गम्भीर रहेको भनी जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य मन्त्रालय लगायतका सरकारी निकायलाई लिखित जानकारी दिइसकेको छ। केसीलाई सुविधासम्पन्न अस्पतालमा उपचार गराउनु पर्ने अवस्था रहेको जानकारी सम्बन्धित निकायमा गराइएको डडेलधुरा अस्पतालले जनाएको छ । केसीको रक्तचाप र मुटुको धड्कन अनियमित भएको चिकित्सकले जनाएका छन् । (अन्नपूर्ण )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.