Daily Archives: 11/11/2019

सीमा सुरक्षा थप मजबुत बनाइँदै


सुरेन्द्र काफ्ले
नेपाल–भारत सीमामा १ सय ७ वटा बीओपी
काठमाडौं : अतिक्रमण बढेपछि सरकारले सीमामा सुरक्षा बढाएको छ। सशस्त्र प्रहरीले बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) थप गरेको हो। सशस्त्रलाई सीमा सुरक्षाको जिम्मेवारी दिइएको छ। सुरक्षा बलको उपस्थिति कमजोर भएपछि अतिक्रमण बढ्दै गएको थियो। भारतले सीमामा सुरक्षा उपस्थिति बाक्लो बनाएपछि नेपालको पनि चासो बढेको हो। सीमा निगरानी थप मजबुत बनाउँदै लगिएको सशस्त्रका प्रवक्ता एवं सशस्त्र डीआईजी सुरजकुमार श्रेष्ठको भनाइ छ। पढ्नेक्रम जारी राख्नुहोस्

अनशनरत डा. केसीलाई स्थानान्तरण गर्न व्यापक सुरक्षाकर्मी परिचालन


काठमाडौं : ६ दिनदेखि डडेलधुरामा अनशनरत डा. गोविन्द केसीलाई अनशनस्थल छोड्न प्रहरीले दबाबदिएको छ । सोमबार बिहानैदेखि सादा पोशाकका प्रहरीहरु आई केसीलाई अनशन छोडाउन र काठमाडौं लैजानका दबाब दिएको अनशनस्थलमा रहेका डा. केसीका भाइ किशोर केसीले जानकारी दिए । किशोरका अनुसार अस्पतालमा व्यापक सुरक्षाकर्मी परिचालन गरी केसीलाई स्थानान्तरणको प्रयास गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सीमा विवाद’bout सचिवस्तरीय संयन्त्रमा छलफल गर्न भारत तयार


२४ कात्तिक, काठमाडौं । कालापानी क्षेत्रको सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न भारत तयार भएको छ ।बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको नेपाल भ्रमणलगत्तै बैठक बस्ने भनिए पनि मिति भने तय भएको छैन । भारतले हालसालै कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालमा विरोध भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय सार्वपक्षीय बैठकले समेत लिम्पियाधुराको कुटियाङ्दी नदीसम्म नेपालको भूभाग भएको निष्कर्ष निकाल्दै भारतसँग उच्चस्तरमा राजनीतिक तथा कूटनीतिक संवाद गर्न सरकारलाई सुझाव दिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्