प्रधानमन्त्री ओलीले सचिवालयका विभिन्न व्यक्तिलाई राजीनामा गर्न बाध्य पार्नुका कारण


काठमाडौं, २४ कात्तिक । प्रधानमन्त्री नियुक्त हुँदै विश्वासको मत आर्जन गरेपछि केपी शर्मा ओलीले गठन गरेको सचिवालयका सबै सदस्यलाई १ मंसिरदेखि औपचारिक रुपमा हटाउने पक्का भएको छ । सचिवालयका धेरै सदस्यलाई सिधा राजीनामा गर्नका लागि बाध्य पारियो, नयाँ सचिवालय गठनको तयारीमा छन्, प्रधानमन्त्री ओली । सरकार गठन भएदेखिको साढे २ बर्षसम्म प्रधानमन्त्रीको आसपासमा रहेका र समन्वय गरेका सबै सदस्यलाई एकाएक हटाउनुका विविध कारण रहेका छन् ।

प्रधानमन्त्री ओलीनिकटका एक जना नेताका अनुसार सरकारका प्रतिनिधि, पार्टीका नेता र प्रधानमन्त्री’boutका कतिपय सूचना नै बाहिर गलत दिने, प्रधानमन्त्रीका नाममा आर्थिक लाभ लिने गरेको सूचना पहिलो कारण हो ।

प्रधानमन्त्री ओलीका तर्फबाट दिइने विभिन्न प्रकारका स्पष्टीकरणमा पनि सही सूचना नजाने, तथ्यबाहिरका विषय धेरै प्रचारमुखी गराइएको तथा सचिवालयका प्रमुखदेखि नै सबैको आलोचनाले प्रधानमन्त्री बदनाम भएपछि फेर्ने निधो गरिएको बताइएको छ ।

‘सरकारका उपल्ला तहका नियुक्तिमा पनि प्रधानमन्त्रीको कुनै हस्तक्षेप हुने गरेको छैन, प्रमुखहरूलाई स्वतन्त्र र उनीहरूको कार्यक्षमताका आधारमा काम गर्न दिनुपर्छ भन्ने मान्यता छ’, नेकपाका एक नेताले भने,‘तर सचिवालयका धेरैले प्रधानमन्त्रीका नाममा स्वतन्त्रताका साथ काम गर्न नदिइएको गुनासो सुनेपछि सचिवालय परिवर्तनको निर्णयमा प्रधानमन्त्री पुग्नुभयो ।’

कतिसम्म भने प्रमुख प्रतिपक्षी दलका नेता, आफ्नै पार्टीका नेता, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत समन्वयको विषयमा समेत सचिवालयका अधिकारी आलोचित भएका थिए ।

सल्लाहकारहरू, सचिवालयका विभिन्न जिम्मेवारी हेर्ने व्यक्तिहरू सबैलाई राजीनामा गर्न भनेपछि कतिपयले शनिबारै पदीय जिम्मेवारी छाडेका छन् भने आइतबार पनि कतिपयले बुझाउने तयारी छ ।

अब बन्ने सचिवालयमा स्पष्ट निर्देशन र खाकासहित कार्य सम्पादन राम्रो नगरे तुरुन्तै हटाउन सकिने प्रधानमन्त्रीको स्पष्ट धारणा रहेको बताइन्छ ।(अन्नपूर्ण )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.