“गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर २५ डिसेम्बर २००९’मा स्थापना भएको नेपाली समाज कुवेतको सबै भन्दा जेष्ठ जातिय संस्था ‘तमू समाज कुवेत’ले विगतका वर्षहरुमा झैं तमुहरुको महान चाड तमू च्यु ल्होसार विविध खेलकुद, र सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरु सहित आगामी जनवारी १० तारिक २०२० शुक्रबार दिन विगतका वर्षहरुमा झैं धुमधामका साथ मनाउने भएको छ ।
उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रम लाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।
आयोजक : तमू समाज कुवेत
कार्यक्रम : तमू ल्होसार
स्थान :हिजुल कबड एरिया
मिति: १० जनावरी २०२० शुक्रबार २०२०