Daily Archives: 09/11/2019

तमू समाज कुवैतले तमू च्यु ल्होसार विविध सांस्कृतिक साथमा आगामी जनवारी १० तारिक मनाउदै


“गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर २५ डिसेम्बर २००९’मा स्थापना भएको नेपाली समाज कुवेतको सबै भन्दा जेष्ठ जातिय संस्था ‘तमू समाज कुवेत’ले विगतका वर्षहरुमा झैं तमुहरुको महान चाड तमू च्यु ल्होसार विविध खेलकुद, र सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरु सहित आगामी जनवारी १० तारिक २०२० शुक्रबार दिन विगतका वर्षहरुमा झैं धुमधामका साथ मनाउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा क्रीयाशिल तीन किराती संस्थाले संयुक्तरुपमा किरातीहरुको महान चाड उधौलीआगामी १३ डिसेम्बर मनाउदै


नैनकला राई/नोभेम्बर ८, कुवेत। “भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने मुल नाराका साथ कुवेतमा लामो समयदेखी क्रीयाशिल तीन किराती संस्थाका शाखाहरु किरात राई यायोक्खा कुवेत, याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा किरातीहरुको महान चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येले दोङ,येले तम्बे,येले थोचे ५०७९ आगामी १३ डिसेम्बर २०१९ मा मनाउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्