६० करोड बढी मूल्य बढाएर जहाज खरिद
काठमाडौं : नेपाल वायुसेवा निगमको न्यारो बडी विमान खरिदमा भएको एक अर्बभन्दा बढीको ‘अनियमितता’ काण्ड संसदीय समितिले गुपचुप राखेको छ। एक अर्ब २० करोड घोटाला ठहर गरेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले प्रतिवेदन लुकाएको छ। ‘गोप्य’ लेखी थन्क्याइएको प्रतिवेदन अन्नपूर्ण पोस्ट्लाई प्राप्त भएको छ। डा. दीपकप्रकाश भट्ट संयोजकत्वको उपसमितिले न्यारो बडी खरिदमा अनियमितता भएको प्रतिवेदन तयार पारेर समितिमा बुझाएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 06/11/2019
न्यारो बडी घोटाला गुपचुप
Posted in नेपाल समाचार
महराले गल्ती गरेकै हुन् : दाहाल
दुर्गालाल केसी
दाङ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले निवर्तमान सभामुख कृष्णबहादुर महराले गल्ती गरेको बताएका छन् । प्रेस संगठनले बुधबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै दाहालले महराले नैतिकरुपमा गल्ती गरेका कारण कानुनीरुपमा उचित कारवाही हुनुपर्ने धारणा व्यक्त गरे । लामो सयमसम्म महरा’bout सार्वजनिकरुपमा नबोलेका दाहालले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ‘महराले गम्भिर नैतिक गल्ती गर्दा पनि उल्टै पार्टी अध्यक्षलाई ढाँटेर झन ठूलो गल्ती गर्नुभयो । महरासँग घटना’bout जानकारी माग्दा गलत कुरा बताउनुभयो,’ उनले भने, ‘पहिले केही गरेको छैन भन्नुभयो । पछि सबै तथ्यहरुले उहाँले गल्ती गरेको पुष्टि भयो । आफैंले पनि स्विकार्नुभयो ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार