कांग्रेस नेता आलमलाई बयानका लागि अदालत उपस्थित गराइयो


गौतम श्रेष्ठ
१९ कात्तिक, रौतहट । १२ वर्ष अगाडि बम विष्फोटको घटनामा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका कांग्रेस नेता मोहम्मद अफताव आलमको बयान मंगलबारबाट सुरु हुँदै छ । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान हुन लागेको हो । बयानका लागि आलमलाई अदालतमा उपस्थित गराइसकिएको छ ।

आलमलाई जन्मकैदको मागदाबीसहित जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो । सरकारी वकिल खडिन्द्रराज कटुवालका अनुसार मंगलबार अदालतमा पेश गरिएको मिसिलको नक्कलप्रति आलमको पक्ष-विपक्षमा बहस गर्ने वकिलहरुलाई वितरण गर्ने र आलमसँग बयान लिने काम हुने छ ।
प्रहरीले तयार पारेको अनुसन्धान रिपोर्टसहितको मिसिल आठ सय पृष्ठको छ । आलमको पक्ष-विपक्षमा बहस गर्ने वकिलहरुले सो मिसिल अध्ययन गरिसकेपछि अदालतमा थुनछेक बहस सुरु हुने छ । मिसिल धेरै पृष्ठको भएकाले अध्ययन गर्न समय लाग्ने हुँदा थुनछेक बहस सुरु हुन पनि केही दिन लाग्ने अनुमान छ ।

पीडितको पक्षमा पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी, रुद्र पोखरेल लगायतले बहस गर्ने बताइएको छ । यस्तै पूर्वन्यायाधीवक्ता डा. युवराज संग्रौलालगायतले पनि पीडितको पक्षमा निःशुल्क बहस गर्ने तयारी गरेका छन् ।

सरकारी वकिलको तर्फबाट खडिन्द्रराज कटुवाल, रामप्रसाद पन्थी, सहन्यायधीवक्ता सूर्यराज दाहाललगायतले बहस गर्ने बताइएको छ ।

आलमको तर्फबाट बहस गर्नेहरुको नाम भने अझै एकिन भइसकेको छैन ।(अन्लाईनखबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.