काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त नभएको तर मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराएका छन् । ‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्ने’bout मेरासामु दुइटा विकल्प मात्रै छन्,’ सत्तारूढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘के गर्ने भन्ने’bout रिपोर्ट हेरिसकेपछि मात्रै भन्न सकिने अवस्था छ । फेरि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन पनि सक्छ, हेरौं ।’
मंसिर १४ मा हुने उपनिर्वाचनको उम्मेदवार’bout छलफल गर्न बोलाइएको बैठक प्रधानमन्त्रीको स्वास्थ्य स्थितिमै केन्द्रित भयो । ‘छिनछिनमै असजिलो भएपछि डायलाइसिस गरियो, आज या भोलि फेरि अर्को डायलाइसिस गर्नुपर्नेछ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर म एकदमै सिकिस्त छैन ।’
नियमित डायलाइसिस गर्नुपर्ने भए साताको तीनचोटि गर्नुपर्ने ओलीले जानकारी दिए । आफ्नो मिर्गौलाले राम्ररी काम नगरेको र फोक्सोमा पानी जमेको उल्लेख गर्दै उनले आइतबारसम्ममा सबै रिपोर्ट आइसक्ने बताए । ‘अहिलेलाई डाक्टरहरूले डायलाइसिस नै गर्नुपर्ने भनेका छन्,’ बैठकमा ओलीले भने ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यमा केही समस्या आएकाले परीक्षण गरिएको र केही रिपोर्ट आउन बाँकी रहेको जानकारी गराइएको बताए । उनले उपचारको समग्र प्रक्रिया’bout अहिल्यै टुंगो लागिनसकेको बताए । बारम्बार अप्ठ्यारो हुन थालेपछि प्रधानमन्त्री ओली बुधबार उपचारका लागि ग्रान्डी अस्पताल पुगेका थिए । उनलाई बुधबार र बिहीबार गरी दुईपटक डायलाइसिस गरिएको थियो ।
१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले राम्ररी काम गर्न छाडेपछि प्रधानमन्त्री ओली गत साउन १८ गते उपचारका लागि सिंगापुर गएका थिए । नेसनल युनिभर्सिटी अस्पताल सिंगापुरमा एक साता बसेर फर्किएका उनले फेरि भदौमा सिंगापुर गएर करिब २ साता उपचार गराएका थिए । त्यतिखेर प्लाज्माफेरिसस पद्धतिबाट शरीरको एन्टीबडी नष्ट गरिएको थियो ।
(कान्तिपुर )