३० नोवेम्बर २०१९ कुबेत। बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको आठौ महाधिवेशन तथा वार्षिकोत्सब आगामी डिसेम्बर महिनाको २० तारिक शुक्रबारको दिन कुबेतको फर्वानिया स्थित युनिक अडिटोरियम हलमा गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: नोभेम्बर 2019
माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको आठौ महाधिवेशन तथा वार्षिकोत्सब आगामी २० डिसेम्बर २०१९ गर्ने
Posted in लेख/रचना, MESC गतिविधि
अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या १९ पुग्यो, ११ को सनाखत
एक्कासी जोडले ब्रेक लगाउँदा बस दुर्घटना
१२ मंसिर, सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६, नरपानीमा बस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ । मृत्यु भएकाहरुमध्ये ११ जनाको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका १० जनामध्ये ६ जनाको अवस्था गम्भीर छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
खेलाडी आइसके, रंगशाला बन्दै
गोविन्द रेग्मी
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन हुन ६ दिन बाँकी छ। प्रतियोगितामा भाग लिन विदेशी खेलाडी आउन थालिसकेका छन्। तर, साग आयोजक राष्ट्र नेपालका खेल पदाधिकारीलाई भौतिक संरचना निर्माणकै चटारो छ। प्रतियोगिता उद्घाटन मंसिर १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरबाट हटाइयो, चिकित्सक भन्छन्- स्वास्थ्यमा ‘केही’ सुधार छ
अतुल मिश्र
काठमाडौँ — मंगलबार एपेन्डिसाइटिस तथा पेरिटोनाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा बुधबार केही सुधार देखिएसँगै उनलाई भेन्टिलेटरबाट हटाइएको छ । प्रधानमन्त्री ओली उपचाररत महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले बुधबार उनको स्वास्थ्य अवस्था ’bout कुनै औपचारिक जानकारी भने दिएको छैन। तर उनको उपचारमा संलग्न चिकित्सकले कान्तिपुरलाई दिएको जानकारी अनुसार ओलीको स्वास्थ्यमा केही सुधार भने देखिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
भ्रमण वर्षको तयारी फितलो
शम्भु कट्टेल
जापानी पर्यटन व्यवसायी बेखबर
टोकियो : नेपाल सरकारले सन २०२० लाई भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरे पनि त्यसको तयारी भने फितलो देखिएको छ। कतिपय मुलुकमा बजार प्रवर्द्धनसमेत गर्न सकेको छैन। भ्रमण वर्ष सचिवालयले विदेशी मुलुकमा बजार प्रवर्द्धन गर्न नसक्दा भ्रमण वर्षको लक्ष्य पूरा गर्न कठिन हुने देखिएको छ। सन २०२० मा विश्वभरीबाट २० लाख पर्यटक भित्र्याउने लक्ष्य नेपाल सरकारले लिएको छ। तर लक्ष्यअनुसार तयारी छैन। सन २०२० मा कुन मुलुकबाट कति पर्यटक भित्र्याउन सकिन्छ भन्ने’bout सचिवालयसँग यकिन तथ्यांक छैन। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र
प्रधानमन्त्री ओली अस्पताल भर्ना
१० मंसिर, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । परीक्षणका क्रममा चिकित्सकले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार