काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन्। ज्ञानेन्द्रको अनुभव, क्षमता र निरन्तरतालाई ध्यानमा राख्दै नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार उनलाई राष्ट्रिय टोलीको कप्तान बनाउने निर्णय गरेको हो। उनले झन्डै एक दशकदेखि राष्ट्रिय टोलीमा उपकप्तानको भूमिका निर्वाह गर्दै अएका थिए। असोज २८ गते पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो। करिब एक दशक कप्तानको जिम्मेवारी निर्वाह गरेका पारसले सुरुमा सामाजिक सञ्जालमार्फत आफूले राजीनामा दिएको सार्वजनिक गरे पनि गत आइतबार मात्र क्यानलाई इमेलमार्फत राजीनामापत्र बुझाएका थिए।
आधिकारिक रूपमा पारसको राजीनामा प्राप्त गरेपछि नै क्यानले ज्ञानेन्द्रलाई नयाँ कप्तानको रूपमा चयन गरेको हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्यानमाथि लगाएको निलम्बन फुकुवा गरेको एक दिनपछि नै पारसले कप्तान पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। तीन वर्षभन्दा लामो समयदेखि नेपाली क्रिकेटमाथि लगाउँदै आएको निलम्बन आईसीसीले असोज २७ गते फुकुवा गरेको थियो।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले २९ वर्षीय ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएको बताए। ‘लामो समय राष्ट्रिय टिम नेतृत्वविहीन हुनु राम्रो नभएकाले क्यानले तत्कालका लागि ज्ञानेन्द्रलाई जिम्मेवारी दिने निर्णय लिएको हो’, सचिव प्याकुरेलले अन्नपूर्णसँग भने।
उपकप्तान पदमा दीपेन्द्रसिंह ऐरीलाई नियुक्त गर्ने निर्णय पनि क्यानले गरेको छ। लामो समय उमेर समूहका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शनपछि ज्ञानेन्द्र सन् २००५ मा राष्ट्रिय टोलीमा परेका थिए। उनी मलेसियाविरुद्घको खेलका लागि पहिलोपटक राष्ट्रिय टोलीमा परे पनि ‘प्लेइङ ११’ मा भने पर्न सकेनन्।
ज्ञानेन्द्रले राष्ट्रिय टोलीबाट सन् २००६ मा नामिबियाविरुद्घ ‘डेब्यु’ खेल खेलेका थिए। उनले एसीसी ट्रफीमा खेलेको ‘डेब्यु’ खेलमा ७९ रन बनाएका थिए। त्यसपछि आफ्नो दोस्रो खेलमा ५८ रन बनाए भने क्वार्टरफाइनलमा पनि ५० रन जोडेका थिए। लगातार तीन खेलमा अर्धशतकीय पाली खेलेपछि उनी राष्ट्रिय टोलीमा महŒवपूर्ण खेलाडीका रूपमा स्थापित भएका थिए।
ज्ञानेन्द्रले पारसको अनुपस्थितिमा यसअघि पनि विभिन्न महŒवपूर्ण प्रतियोगितामा कप्तानको भूमिका निर्वाह गरेका थिए। उनले सन् २०१७ मा घरेलु मैदानमा खेलिएको केन्याविरुद्घको आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको दुवै खेलमा कप्तानको जिम्मेवारी निर्वाह गरेका थिए।
केन्याविरुद्घको पहिलो खेलमा उनले नेपालका लागि सर्वाधिक २७ रन बनाएका थिए। उक्त खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो। त्यसको दुई दिनपछि खेलिएको दोस्रो खेलमा भने ज्ञानेन्द्रले अविजित ६४ रन बनाएका थिए। उक्त खेलमा नेपाल सात विकेटले विजयी भएको थियो। रमाइलो संयोग के थियो भने सोही खेलमा दीपेन्द्रसिंह ऐरीले पनि ६२ रन बनाएका थिए।
सन् २०१७ मा बंगलादेशमा भएको ‘एसीसी इमर्जिङ टिम्स एसिया कप’ मा पनि ज्ञानेन्द्रले राष्ट्रिय टोलीको कप्तानी गरेका थिए। उक्त प्रतियोगितामा नेपालले हङकङलाई सात विकेटले हराएको थियो। त्यतिबेला पनि टोलीको जितमा ओपनर ब्याट्सम्यान ज्ञानेन्द्रले ७० र दीपेन्द्रसिंह ऐरीले अविजित ६० रनको योगदान गरेका थिए। उक्त खेलमा ज्ञानेन्द्रले दुई विकेट पनि लिएका थिए।
सन् २०१९ मै भएको टीट्वेन्टी वल्र्ड कप एसियाको अन्तिम चरणको छनोट प्रतियोगितामा मलेसियाविरुद्घको खेलमा पनि ज्ञानेन्द्र कप्तानको भूमिकामा मैदानमा ओर्लिएका थिए। उक्त खेलमा ज्ञानेन्द्रले केवल २१ बलमा ५१ रन बनाएपछि नेपाली टोलीले जित हात पारेको थियो।
कक्षा ५ मा पढ्दासम्म ज्ञानेन्द्र मल्ललाई क्रिकेट खेल’bout कुनै जानकारी थिएन। एकजना साथीले क्रिकेट’bout सामान्य जानकारी गराएपछि उनले क्रिकेट’bout थाहा पाए। सुदिन नाम गरेका साथीले उनलाई पहिलोपटक क्रिकेट’bout जानकारी गराएका थिए। त्यसपछि बिस्तारै गल्लीमा क्रिकेट खेल्दै उनले आफ्नो खेल यात्रा अगाडि बढाए।
‘सानो हुँदा हामी अरू नै खेल खेल्थ्यौं’, ज्ञानेन्द्र बाल्यकाल सम्झन्छन्,
‘क्रिकेट’bout केही पनि थाहा थिएन। साथीले पहिलोपटक ब्याट समात्न र रन जोड्न सिकाए। मेरो घर भीमसेनस्थानको चोकमा थियो। हामी घरअगाडि ढुंगाले घेरिएको गल्लीमा क्रिकेट खेल्थ्यौं। साथीले नै ब्याटले हानेपछि दौडिनुपर्छ, दौडिएपछि रन बन्छ भनेर सिकायो। क्रिकेटसँग जोडिएको मेरो पहिलो सम्झना त्यही हो।’
सुरुमा नियम थाहा नभए पनि खेल रमाइलो लागेकाले त्यसलाई निरन्तरता दिएको उनी बताउँछन्। चोकमा क्रिकेट खेल्दा आफूले सुरुमा थुप्रै गाली खाएको पनि उनलाई याद छ। आफूले प्लाईको ब्याट बनाएर क्रिकेट खेलेको उनी बताउँछन्।
ज्ञानेन्द्रले धेरै झगडा गरेर अभिभावकलाई कहिले बल किन्न लगाए भने कहिले ब्याट किन्न लगाए। ज्ञानेन्द्रको औपचारिक क्रिकेट यात्रा भने यू–१५ टोलीबाट अगाडि बढेको थियो। केही समयपछि उनले यू–१५ टोलीमा उपकप्तानको जिम्मेवारी पनि सम्हाले। त्यसपछि उनी यू–१७ टोलीमा छानिए। बिस्तारै उनी यू–१७ टोलीको कप्तानसमेत बने। क्रिकेटप्रतिको लगावले नै यतिबेला उनी राष्ट्रिय टोलीकै कप्तान बन्न पुगेका छन्।(अन्नपूर्ण )