काठमाडौं – बलात्कार प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौँमा पेस गरिदैँछ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले महरालाई काठमाडौं जिल्ला अदालतमा पेस गर्ने बताए । उनका अनुसार निवर्तमान सभामुख महराको बिहीबार थुनछेक बहस सुरु हुँदैछ । कानूनका जानकारका अनुसार थुनछेक बहसपछि सम्भवतः बिहीबारै धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्ने छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 31/10/2019
निवर्तमान सभामुखलाई अदालतमा पेस गरिदैँ, थुनछेक बहस आज
Posted in नेपाल समाचार
गल्ली क्रिकेटदेखि कप्तानसम्मको यात्रा
काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन्। ज्ञानेन्द्रको अनुभव, क्षमता र निरन्तरतालाई ध्यानमा राख्दै नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार उनलाई राष्ट्रिय टोलीको कप्तान बनाउने निर्णय गरेको हो। उनले झन्डै एक दशकदेखि राष्ट्रिय टोलीमा उपकप्तानको भूमिका निर्वाह गर्दै अएका थिए। असोज २८ गते पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो। करिब एक दशक कप्तानको जिम्मेवारी निर्वाह गरेका पारसले सुरुमा सामाजिक सञ्जालमार्फत आफूले राजीनामा दिएको सार्वजनिक गरे पनि गत आइतबार मात्र क्यानलाई इमेलमार्फत राजीनामापत्र बुझाएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
छठपर्व सुरु, पहिलो दिन नहाय खाय विधि गरिँदै
१४ कात्तिक, जनकपुर । आस्थाको महापर्व छठ सुरु भएको छ । छठअन्तर्गत बिहीबार पहिलो दिन ‘नहाय-खाय’ विधि गरिन्छ । आजको दिनलाई ‘अरबा-अरबाइन’ पनि भनिन्छ । व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ ।छठपर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । यसका लागि कात्तिक शुक्लपक्ष लाग्नेबित्तिकै व्रतालुले सात्विक भोजनका साथै अपवित्र मानिने दाल, तरकारी र सागपात आदि खाँदैनन् । यस पर्वमा नैवेद्यका लागि आवश्यक गहुँ र गम्हरी -धानको एक प्रकार, कालो रङको गर्भमै पाक्ने पवित्र अन्न) को व्यवस्था केही दिन पहिलेदेखि नै गरिएको हुन्छ । गम्हरीलाई साठी पनि भनिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा
एक हातले पासपोर्टमा छाप, अर्कोले १० हजार
पटकपटकको कारबाहीका बाबजुद अध्यागमन कार्यालयका कर्मचारीले गैरकानुनी रुपमा कामदार विदेश पठाउने धन्दालाई व्यवस्थित ढंगले जारी राखेका छन् ।
कृष्ण ज्ञवाली
काठमाडौँ — २०७६ साउन १५ गते बिहान ६ बजे । अध्यागमन अधिकृत कमलप्रसाद पराजुली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रस्थान कक्षमा आफ्नो ड्युटी सम्हाल्न पुग्छन् । विदेश जानेहरूको लाइनमा मिसिएका छन्, प्रभुत्वराज र सम्पन्नता (परिवर्तित नाम) । लाइन अगाडि बढ्दै जाँदा अध्यागमन अधिकृत पराजुलीको संकेतअनुसार दुवै जना उनको डेस्कमा पुग्छन्, पराजुलीले तत्काल पासपोर्टमा छाप हानेर प्रस्थान अनुमति दिन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध