काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल पुर्याइएको छ। बुधबार बिहान प्रधानमन्त्रीलाई ग्राण्डी अस्पतालमा ल्याइएको अस्पतालका निर्देशक चक्रराज पाण्डेले जानकारी दिए। निर्देशक पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था’bout अहिले नै सबै कुरा भन्न नसकिने अन्नपूर्णलाई बताएका छन्।
प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमि आएको डाक्टरहरुले बताउँदै आएका छन्।(अन्नपूर्ण )