Daily Archives: 30/10/2019

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, ग्राण्डी अस्पताल पुर्‍याइयो


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको छ। बुधबार बिहान प्रधानमन्त्रीलाई ग्राण्डी अस्पतालमा ल्याइएको अस्पतालका निर्देशक चक्रराज पाण्डेले जानकारी दिए। निर्देशक पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था’bout अहिले नै सबै कुरा भन्न नसकिने अन्नपूर्णलाई बताएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

हलेसीमा बस दुर्घटना हुँदा १४ घाइते


डम्बरसि राई
खोटाङ — दिक्तेलबाट विराटनगर जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । को१ख ६२२० नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित कामीडाडाँमा बुधबार बिहान करिब पाँच बजेर बीस मिनेट जाँदा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् ।  घाइतेहरुको दिक्तेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए । उनका अनुसार १४ मध्ये दुईजना भने सामान्य घाइते छन् । पढ्नेक्रम जारी राख्नुहोस्