Daily Archives: 27/10/2019

प्रधानमन्त्री फर्किँदा उड्न ठीक्क परेको जहाज रोकियो, यात्रुको विरोध


१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा पनि केहीबेर उडान अवतरण बन्द गरिएको छ । प्रधानमन्त्री ओली ७ कात्तिकमा अजरबैजान जाँदा पनि उडान अवतरण बन्द गरिएको थियो । आइतबार बिहान प्रधानमन्त्री ओली काठमाडौं विमानस्थलमा ओर्लिंदा आन्तरिक टर्मिनलका हवाई यात्रुहरुसमेत मर्कामा परे । यात्रुहरु राखेर रनवेतर्फ जाँदै गरेको एक जहाजको इन्जिन नै बन्द गर्न निर्देशन दिइएपछि आक्रोशित यात्रुहरुले ओर्लिएर विरोध जनाए । स्थिति असामान्य भएपछि प्रहरी नै बोलाउनु परेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

तिहार विशेष : धनका सय बाटा


व्यापार, जागिर र कृषि क्षेत्रमा मात्रै सीमित रहेको नगद आर्जनका स्रोतहरू अब बाँडिएर सयौं भंगाला निर्माण भइसकेका छन्
यज्ञश
कैयौं वर्षमा एउटा प्रतापी राजा निस्किन्थ्यो  । उसको मनमा आफ्नो राज्य विस्तार गर्ने वा छिमेकी कुनै राज्यसँग बदला लिने विचार पलाउँथ्यो  । अनि उसले आफ्नो राज्यका जवानहरूलाई सेनामा भर्ती हुन आग्रह गर्थ्यो । कुनै खास उद्देश्य वा लक्ष्य प्राप्तिका लागि सेनाको विस्तार गरिन्थ्यो । सेनामा आउनेले तलब पाउँथेनन् । पढ्नेक्रम जारी राख्नुहोस्