Daily Archives: 20/10/2019

स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक नदिन सर्वोच्चको आदेश


सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको छ । प्रदेश १ बाहेकका ६ वटा प्रदेशले बनाएको स्थानीय तहका पदाधिकारीका सुविधा तथा पारिश्रमिक ऐन बमोजिम दिइएको पारिश्रमिक र सुविधा असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले उक्त आदेश दिएपछि देशभरका करिब ३० हजार जनप्रतिनिधि प्रभावित भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

मातृभूमि छोडेर नसुध्रिएका ‘हे-नारानहरू’ !


विष्णु सुवेदी
उपेन्द्र महतो, जीवा लामिछाने, शेष घलेहरूले नेतृत्व गर्दा एनआरएनएको जुन उचाइ र ओज थियो, त्यसमा धेरै खिया लाइसकेको छ। एयरपोर्टदेखि होटेलसम्म लफडा, कुटाकुट, बहिष्कार, नाराबाजी, लाठीचार्जसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) सम्मेलन सकिएको छ। यसपटकको एनआरएनए सम्मेलनमा काठमाडौंमा देखिएको जात्रा कतिसम्म लाजमर्दो थियो ? तल प्रस्तुत केही घटनाक्रमले देखाउँछ। पढ्नेक्रम जारी राख्नुहोस्