नेकपामा उपनिर्वाचनका लागि कार्त्तिक १० भित्र उम्मेद्वार सिफारिस गर्नुपर्ने


बिनु सुवेदी
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर १४ गते हुने उप निर्वाचनका लागि कात्तिक १० गतेसम्म उम्मेद्वारको सिफारिस पठाउन मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उपनिर्वाचन हुने क्षेत्रबाट तीनजना उम्मेद्वारको नाम पार्टी केन्द्रीय कार्यालयमा पठाउनुपर्ने निर्णय गरेको हो । यसरी सिफारिसमा परेका तीन जनामध्ये एक जनालाई पार्टीले उपनिर्वाचनका लागि उम्मेद्वार तय गर्नेछ।

प्रतिनिधि र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रिय कमिटी या जिल्ला र प्रदेश कमिटीले उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने निर्णय भएको सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यस्तै नगर र गाउँपालिका प्रमुखको उम्मेद्वारीका लागि सम्बन्धित स्थानीय तह या जिल्ला कमिटीको तहमा प्रदेश कमिटीले उम्मेद्वार चयन गर्ने श्रेष्ठले वताए। वडा सदस्यको लागि स्थानीय तहको कमिटीले नै टुंगो लगाउने निर्णय पनि बुधबारको सचिवालय बैठकले गरेको छ।

मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा गरि ७ वटै प्रदेशमा उप निर्वाचना हुँदैछ। प्रतिनिधिसभाका लागि कास्की क्षेत्र नं. २, प्रदेश सभाका लागि बाग्लुङ २(२), दाङ ३ (२) र भक्तपुर १ (१) तथा अरु स्थानीय तहमा गरि ५० ठाउँमा उपचुनाव हुन लागेको छ।

यस्तै नेकपा सचिवालय बैठकले पार्टी संगठन विभागमा ३ जना सदस्य थप गर्ने निर्णय गरेको छ। थप हुने सदस्यहरुमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी छन्। ३ जना सदस्य थपिएसँगै नेकपाको संगठन विभाग ५ सदस्यीय भएको छ। यद्यपी विभागले पूर्णता भनेको पाएको छैन।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.